१० श्रावण २०८१, बिहीबार

प्रदेश पर्यटन प्रवद्र्धन समितिप्रति तीब्र विरोध



धनगढी । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको सुदूरपश्चिम प्रदेश स्तरिय पर्यटन प्रवद्र्धन समितिप्रति विभिन्न क्षेत्र तथा पक्षबाट तीब्र असन्तुष्टि र विरोध जारी रहेको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यसहित गठित सो पर्यटन प्रवद्र्धन समिति समावेशी बन्न नसकेको भन्दै विभिन्न पक्षबाट सामाजिक सञ्जालमार्फत चर्को विरोध भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रदेशका मुख्यमन्त्री संरक्षक रहने गरि गठन गरिएको सो १८ सदस्यीय समितिमा प्रदेशका सबै नौ जिल्लाका पर्यटन विकासमा क्रियाशील निजी क्षेत्रलाई समावेशी रुपमा समेट्न नसकेको भन्दै विरोध जारी रहेको छ ।
भरखरै गठित प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिप्रति विरोध जनाउनेहरूले बढी सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । धनगढीका गोविन्द जोशीले व्यंग्यात्मक शैलीमा सो समितिलाई “कैलाली, कञ्चनपुर पर्यटन प्रवद्र्धन समिति” को संज्ञा दिएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– झुक्किएर सुदूरपश्चिम पर्यटन प्रवद्र्धन समिति लेखिएको हो । खासमा त यो कैलाली कञ्चनपुर पर्यटन प्रवद्र्धन समिति पो गठन भएको हो ।
पत्रकार लोग्सरी कु“वरले समितिमा महिलाको प्रतिनिधित्वबिहीन गराइएको भन्दै टिप्पणी गरेकी छिन् । उनले लेखेकी छिन्– सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा तराईमा बस्ने मान्छेको मात्रै योगदान रहेछ त ? राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत उपस्थितीको मुद्दा कता हरायो ? १८ जनाको समितिमा एक जना महिला कञ्चनपुरबाट पर्नुभए छ ?’
उनले पर्यटन क्षेत्रमै काम नगरेको मान्छेलाई समितिमा समेटिएको आरोप लगाउ“दै लेखेकी छिन्– यो भन्दा अगाडि सुदूरपश्चिमको पर्यटन विकासका लागि उहा“ (महिला) कुन दुलोबाट काम गर्नुभाछ त्यो पनि सायदै मुल्यांकन गरिएकै होला ?
नेपाल पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले भने– यो समितिमा बढी पर्यटकिय स्थल भएका क्षेत्रका प्रतिनिधि नै समेटिएका छैनन् । सुदूरपश्चिममा नौ वटा जिल्ला भए पनि समितिमा कैलाली र कञ्चनपुरमा रहेका प्रतिनिधीहरू मात्रै समावेश गरिएको अवस्था छ ।
सुदूरपश्चिम प्रदेशमा बढी पर्यटकिय स्थल तराई भन्दा पहाडी क्षेत्रमा रहेका छन् । कैलाली र कञ्चनपुरमा बढी पर्यटक आउने स्थान शुक्लाफा“टा, टीकापुर पार्क, घोडाघोडी ताल, बेहडाबाबा मन्दिर लगायतका रहेका छन ।
सुदूरपश्चिम प्रदेशकोे हिमाली तथा पहाडी जिल्लामा रहेका प्रशिद्ध खप्तड, बडीमालिका, रामारोशन, वैद्यनाथ, उग्रतारा, शैलेश्वरी लगायतका पर्यटकिय स्थल रहेका छन् । तर, समितिमा छ जिल्लाको प्रतिनिधीत्व गराइएको छैन् ।
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको अध्यक्षतामा गठन भएको १८ सदस्यीय समितिको सहअध्यक्षमा प्रदेशका प्रमुख सचिव, सदस्य सचिवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार