१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा ५९ हजार बढी बेरोजगार



शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेशमा काम गर्ने उमेर समुहका ५९ हजार बढी जनसंख्या बेरोजगार अवस्थामा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ । १५ वर्ष वा सोभन्दा बढी उमेर समुहको जनसंख्यालाई काम गर्ने समुहका रुपमा राखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा १५ वर्ष वा सो भन्दा बढी उमेर समुहको जनसंख्या १८ लाख ८३ हजार रहेकोमा ५९ हजार जनसंख्या बेरोजगार रहेको अध्ययनले देखाएको छ ।
केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको नेपाल श्रमशक्ति सर्वेक्षण (तेस्रो) नतिजा अनुसार प्रदेशमा काम गर्ने उमेर समुहको जनसंख्यामध्ये शहरी क्षेत्रमा बढी बेरोजगार रहेका छन् । सुदूरपश्चिम प्रदेशको शहरी क्षेत्रमा ४० हजार र ग्रामीण क्षेत्रमा १९ हजार जनसंख्या बेरोजगार रहेको श्रमशक्ति सर्वेक्षण नतिजामा उल्लेख छ ।
अध्ययन प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा बेरोजगारी दर ११ दशमलव पा“च प्रतिशत रहेको छ । प्रतिवेदनमा भनिएको छ– सुदूरपश्चिम प्रदेशमा पुरुष र महिलाको बेरोजगारी दर ११ दशमल पा“च प्रतिशत नै रहेको छ । भने शहरमा ११ दशमलव तीन प्रतिशत र ग्रामीण क्षेत्रमा ११ दशमलव नौ प्रतिशत रहेको छ ।
श्रमशक्ति सर्वेक्षण (तेस्रो) नतिजा अनुसार देशभरी सुदूरपश्चिममा सबैभन्दा कम रोजगार दर रहेको छ । तथ्यांक अनुसार सबैभन्दा बढी रोजगारमा रहेको जनसंख्या प्रदेश नम्बर ३ मा रहेको छ । प्रदेश नम्बर ३ मा रोजगार दर ४३ दशमलव आठ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २४ दशमलव एक प्रतिशत रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा दुई लाख ९४ हजार पुरुष र एक लाख ६१ हजार महिला गरि चार लाख ५५ हजार जनसंख्या रोजगार रहेको तथ्यांकमा उल्लेख छ । बसोबासका आधारमा तीन लाख १० हजार शहरी क्षेत्रमा र एक लाख ४४ हजार ग्रामीण क्षेत्रका जनसंख्या रोजगारमा रहेको जनाइएको छ ।
‘सुदूरपश्चिम प्रदेशको रोजगारीमा रहेको जनसंख्यामध्ये ६८ प्रतिशत शहरमा र ३२ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको पाईएको छ’ सो प्रतिवेदनमा उल्लेख छ ‘रोजगारमा रहेका पुरुषहरूमध्ये शहरमा ७० प्रतिशत र ग्रामीण क्षेत्रमा ३० प्रतिशत रहेका छन भने महिलाहरूमध्ये ६५ प्रतिशत शहरमा र ३५ प्रतिशत ग्रामीण क्षेत्रमा रहेका छन् ।’
सो प्रतिवेदनले प्रदेशमा श्रमशक्ति सहभागिता दर पनि उत्साहजनक नरहेको देखाएको छ । देशभरीमै श्रमशक्तिमा सहभागिता दर सबैभन्दा बढी ४७ दशमलब एक प्रतिशत प्रदेश नम्बर ३ मा रहेको र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २७ दशमलब तीन प्रतिशत रहेको देखाएको छ ।
सुदूरपश्चिम प्रदेशमा श्रमशक्तिमा सहभागिता दरमा पुरुष ४५ दशमलब छ प्रतिशत र महिला १५ दशमलब सात प्रतिशत रहेको छ ।
यस प्रदेशमा मुख्य काममा अक्सर काम गर्ने समय हप्तामा ४३ घण्टा रहेको छ जसमा पुरुषको ४७ घण्टा र महिलाको ३७ घण्टा रहेको उल्लेख छ ।
सो प्रतिवेदनले प्रदेशमा औपचारिक क्षेत्रमा ३३ दशमलब तीन र अनौपचारिक क्षेत्रमा ६६ दशमलब सात प्रतिशत रहेको छ भने औपचारिक र अनौपचारिक रोजगारीमा विभाजन गर्दा क्रमशः १४ दशमलब आठ प्रतिशत र ८५ दशमलब दुई प्रतिशत रहेको उल्लेख छ ।
प्रदेशमा महिला र पुरुषले सम्मान कामको सम्मान ज्याला÷तलब नपाउने गरेको उल्लेख छ । सो प्रतिवेदन अनुसार प्रदेशमा औसत मासिक आम्दानी १६ हजार तीन सय ५६ रहेकोमा पुरुषको १७ हजार चार सय ४२ र महिलाले १३ हजार पा“च सय ८३ आम्दानी गर्ने गरेको उल्लेख छ । जसअनुसार पुरुषको तुलनामा महिलाले तीन हजार आठ सय ५९ रुपैया“ कम कमाउ“छन् ।
विभागले तेस्रो सर्वेक्षण २०१७ जुलाईदेखि २०१८ जुन अर्थात २०७४ असारदेखि २०७५ जेठसम्म तथ्यांक संकलन गरेको तथ्यांक विभाग महेन्द्रनगरका निमित्त कार्यालय प्रमुख गोविन्द न्यौपानेले बताए ।
निमित्त प्रमुख न्यौपानेका अनुसार प्रमाणिक औद्योगिक वर्गीकरण अनुसार रोजगारीको वितरण हेर्दा सबैभन्दा व्यक्तिहरू संलग्न पा“च वटा क्षेत्रहरूमा कृषि, वन र माछापालन, थोक तथा खुद्रा विक्री, मोटरगाडी तथा मोटरसाईकलको मर्मतसम्भार, उद्योग निर्माण र शिक्षामा क्रमशः २१ दशमलब पा“च प्रतिशत, १७ दशमलब पा“च प्रतिशत, १५ दशमलब एक प्रतिशत, १३ दशमलब आठ प्रतिशत र सात दशमलब नौ प्रतिशत रहेको छ भने प्रामाणिक पेशाको वर्गीकरणमा तीन वटा पेशा समूहहरूमा सेवा तथा विक्री, प्रारम्भिक आधारभुत सेवा र हष्तकला र त्यससंग सम्बन्धित व्यापार गर्ने काममा क्रमशः २३ दशमलब आठ, २० दशमलब तीन र १९ दशमलब छ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार