१० श्रावण २०८१, बिहीबार

बाजुरामा अटाे, महिनाकाे लाख अाम्दानी



बाजुरा । बुढीगंगा नगरपालिका–२ का भिमबहादुर थापाले अटोरिक्साबाट मनग्य कमाउँछन् ।


लामो दुरीका यातायातका सवारी साधन जिप, ट्याक्टर, बस लगायतका अन्य धेरै सवारी साधान भएपनि छोटो दुरीका लागि सवार गर्न अन्य अटोरिक्सा नभएको भन्दै थापाले बाजुरामा पहिलो पटक अटोरिक्सा चलाउँन थालेपछि मनग्य कमाइ गरिरहेका हुन् ।
‘बिहान दिउँसो अटोरिक्सा चलाएर राम्रो कमाइ गर्छु’ भनेरे कैलाली जिल्लाको गोदावरी नगरपालिका अन्तरगत पर्ने अत्तरीयामा गएका थापा त्यहाँ गएर उनले सोचे अनुसारको कमाइ नभएपछि थापाले अत्तरीयामा अटोरिक्सा चलाउन छोडेर बाजुरा फर्किए ।
जिल्लामा पहिलो अटोरिक्सा भएका कारण उनले अहिले राम्रो कमाइ गर्न थालेका छन् । अहिले उनले एक पटक आराम गर्ने पनि फुर्सद नै नपाएर रातदिन अटो चलाउँछन् ।
सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा बझाङ् अछामका धेरै युवा कामका लागि भारतमा जाने गरेको भएपनि भिमबहादुर थापा बाजुरामै काम गर्न भ्याइ नभ्याइ भएको छ ।
पहिला गाउँमै केहि गरेर खान्छु भन्ने सोच बनाएर गाउँमा सानो खुद्रा पसल राखेर जीविकोपार्जन गर्दै आउँदा उनले राखेको सानो सुद्रा पसलबाट घरको गुजारा नचले भएपछि बाजुराबाट कैलाली अत्तरीयामा अटोरिक्सा लचाए ।
बाजुरामा यातायातका सवारी साधन जिप ट्याक्टर, बस पहिलादेखि चल्दै आएको भएपनि अटोरिक्सा भने पहिलो पटक चल्न सुरु भएको छ ।
जिल्लाको डाब, मालिका, रिठा, बेतालमाण्डौ, भमक, बार्जुगाड, बाम्का, सेरा, तिपाडा हुँदै सदरमुकाम मार्तडीदेखि अछामको बयालपाटासम्म अटोरिक्सा सञ्चालन हुँदा स्थानीयवासी पनि खुसी भएका छन् ।
पटक पटक गाडीको पखाइमा बस्नु पर्ने तथा चर्को भाडा अनि गाडीमा बान्ताका हुने समस्या भोग्दै आएका स्थानीयवासीले समयमै अटोरिक्सामा सवार गर्न पाउने भएपछि खुसी भएका हुन् ।
गाडीमा सवार गर्दा उल्टीको समस्या हुने महिलाहरु अटोरिक्स सञ्चालन हुनथालेपछि जती बेला भएपनि अटोरिक्साको नै पर्खाइमा बस्ने गरेको बुढीगंगा नगरपालिकाका बल्देका स्थानीय व्यापारी पदम बहादुर भण्डारीले बताए ।
‘कैलालीमा यात्रु पाउनका लागि पर्खिबस्नु पर्ने र यात्रा गर्ने मानिसलाई खोजी रहनु पथ्र्याे,’ थापाले भने, ‘कैलालीबाट बाजुरामा आएपछि सवारीले मलाई आफैले फोन गरेर बोलाउँछन् ।’
गाउँमा पहिला सानो खुद्रा राखेको थिए । ‘पसलबाट राम्रो कमाइ गर्न नसकेपछि मैले कैलालीमा अटोरिक्सा चलाए त्यहाँ पनि कमाइ नभएपछि मैले मेरो जिल्लमा नै अटोरिक्सा हालेर चलाउनु पर्छ भन्ने सोच बनाएर बाजुरामा पहिलो अटोरिक्सा ल्याएर चलाउन थालेपछि अहिले मैले महिनाको लाखौँ रुपिँया बचत गर्दै आएको छु,’ थापाले बताए ।
पहिला घरपरिवारको घर खर्च चलाउँन नसकेका थापाले अहिले अटोरिक्साबाट राम्रो कमाइ गर्न थालेपछि घरपरिवार, छोराछोरीको खर्चमा धेरै सहजता भएको र घरपरिवार पनि सुःखका साथ रमाएको थापाले बताए ।
आफुमा भएको सीप र श्रमलाइ इमान्दरीका साथ सदुपयोग गर्दै जाने हो भने मेरो जस्तै धेरै युवाहरुले पनि महिनाको लाखौँ रुपियाँ कमाइ गर्न सकिने थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार