प्रदेशको आर्थिक सूचकांक सार्वजनिक
शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक सूचकांकको अवस्था सार्वजनिकिकरण गरिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रदेशको आर्थिक सूचकांकको अवस्था उत्साहजनक रहेको देखिएको छ ।
तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७५/०७६ को छ देखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरूसंग सम्बन्धीत आँकडा तथा सूचनाहरू एवं बाँकी अवधिको सामान्य अवस्थाको आधारमा वस्तु तथा सेवाको उत्पादन अनुमान गरि प्रादेशिक तहमा प्रारम्भिक अनुमानसहित प्राप्त तथ्यांकका आधारमा गत आर्थिक वर्ष २०७४/०७५ को अनुमान प्रकाशित गरेको जनाएको छ ।
प्रादेशिक तहगत प्रथम पटक प्रकाशित गरिएको सो तथ्यांकका अनुसार सुदूरपश्चिम प्रदेशको कुल ग्रार्हस्थ उत्पादन वार्षिक वृद्धिदर छ दशमलव २५ प्रतिशत हुने अनुमान गरिएको छ । त्यस्तै, चालू मूल्य अनुसार कुल ग्रार्हस्थ उत्पादन आधारभूत मूल्यमा दुई खर्ब ११ अर्ब ८७ करोड ३० लाख तथा कुल ग्रार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा दुई खर्ब २० अर्ब ९५ करोड ६० लाख रुपैया र प्रति व्यक्ति कुल ग्रार्हस्थ उत्पादन छ सय २५ यूएस डलर अनुमान गरिएको छ ।
‘अनुकुल मौसमका कारण कृषि क्षेत्रको उत्पादनमा भएको बढोत्तरी, पुनःनिर्माणका कार्यले गति लिएको, उर्जा संकटबाट पाईएको मुक्तिका कारण देशको अर्थतन्त्र चालू आर्थिक वर्षमा सकारात्मक दिशातर्फ बढेको, वैदेशिक रोजगारबाट प्राप्त रेमिटान्स क्रमश उत्पादनमूलक क्षेत्रमा लगानी हुँदै गएको, कृषिमा व्यवसायीकरण हु“दै जानु, राजनीतिक स्थिरतातर्फ देश उन्मुख हु“दै जानु, बन्द हडताल जस्ता कार्यमा आएको कमी तथा सरकारले लिएका उत्पादनमूलक नीति कार्यान्वयन पक्ष सुधार हुनु आदि जस्ता कारणले अर्थतन्त्र सुधारोन्मुख भएको’ प्रतिवेदनमा उल्लेख छ ।
विभागको तथ्यांकमा बृहद औद्योगिक समुह अनुसार प्रदेशमा प्राथमिक क्षेत्रको कुल ग्रार्हस्थ योगदान घट्दै गएको देखाएको छ । भने सेवा क्षेत्रको योगदान बढेको देखाएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा प्राथमिक तहको योगदान ४० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको नौ महिनामा ३९ प्रतिशत भएको देखाएको छ । विभागले प्राथमिक तहको कुल मूल्य अभिवृद्धि बृद्धिदर चार दशमलव ७० प्रतिशत हुने अनुमान रहेको जनाएको छ ।
त्यस्तै, द्वितीयक क्षेत्रको योगदान आर्थिक वर्ष ०७४÷७५ मा १५ प्रतिशत रहेको र चालु आथिक वर्षको नौ महिनामा पनि १५ प्रतिशत नै रहेको देखाएको छ भने चालु आर्थिक वर्षमा वृद्धिदर सात दशमलव ९२ प्रतिशतले हुने अनुमान रहेको जनाइएको छ ।
सेवा क्षेत्रको योगदान आर्थिक वर्ष ०७४/७५ मा ४५ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षको नौ महिनामा ४६ प्रतिशत रहेको देखाएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा योगदान सात दशमलव २३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
विभागले कृषि तथा वन, मत्स्यपालन, खानी तथा उत्खनन्, निर्माण, थोक तथा खुद्रा व्यपार, होटल तथा रेष्टुरेण्ट लगायतका गरि १५ वटा क्षेत्रलाई समेटेर सो तथ्यांक निकाल्ने गरेको विभागका निर्देशक गणेशप्रसाद आचार्यले बताए ।
सो तथ्यांक अनुसार प्रदेशमा सबैभन्दा कृषि तथा वन, शिक्षा, निर्माण, खुद्रा तथा थोक व्यापार, अन्य सामुदायिक तथा व्यक्तिगत सेवा, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षाको वढी योगदान रहेको देखाएको छ ।
सो तथ्यांक अनुसार प्रदेशमा कृषि तथा वनको योग्दान ३७ दशमलव ९८ प्रतिशत, उद्योगको १०, शिक्षाको ११ दशमलब ७८ प्रतिशत, निर्माणको १० दशमलब १४ प्रतिशत, थोक तथा खुद्रा व्यापारको आठ दशमलब ३४ प्रतिशत, अन्य सामुदायिक तथा व्यक्तिगत सेवाको सात दशमलब १५ प्रतिशत, रियल स्टेट तथा व्यावसायिक सेवाको पा“च दशमलव ७२ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षाको चार दशमलव ९० प्रतिशत योगदान रहेको देखाएको छ ।
तथ्यांकले कुल ग्रार्हस्थ उत्पादनमा कृषि भन्दा गैर कृषि क्षेत्रको योगदान बढ्ने अनुमान गरेको छ । ‘चालु आर्थिक वर्ष ०७५÷७६ मा कृषि क्षेत्रले ३८ दशमलव १५ प्रतिशत तथा गैर कृषि क्षेत्रले ६१ दशमलब ८५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ’ सो तथ्यांकमा भनिएको छ ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पहिलो पटक प्रादेशिक तहगत आर्थिक क्षेत्रसंग सम्बन्धीत कुल ग्रार्हस्थ उत्पादन तथ्यांक ल्याउने प्रयास सराह्रनिय भएको बताए । उनले तथ्यांकले प्रदेशको आर्थिक अवस्था उत्साहजनक तर्फ गइरहेको देखाएको बताउ“दै भने– तथ्यांकका कुनै कुनै कुराले तथ्यगत तथा विश्वसनिय हुन नसकेको देखिन्छ ।
उनले तथ्यांकले भौगोलिक आधारलाई छुन नसकेको बताए । ‘यो प्रदेशमा तराई, पहाड र हिमाल रहेका छन । सबै क्षेत्रको जीवनशैली फरक–फरक छ । तथ्यांकले भौगोलिक आधारलाई छुन सकेको भए राम्रो हुने थियो’ मन्त्री बोहराले भने– भौगोलिक आधारमा तथ्यांक आएको भए हामीलाई पनि सन्तुलित ढंगको योजना बनाउन तथा बजेट विनियोजन गर्न सहज हुने थियो । मन्त्री बोहराले प्रदेश सरकार प्रदेशको पञ्चवर्षिय योजना बनाउने तयारीमा लागि रहेको बताए ।
उनले भने– अहिले आधार सूचक पहिचान गरिरहेका छौं । आधार सूचांक तयार भएपछिमात्र पञ्चवर्षीय योजना बन्छ । उनले जनशक्ति अभाव, प्राविधिक कठिनाई लगायत स्रोत साधन नहु“दा आधार सूचाक तयार गर्न समस्या भइरहेको बताए । मन्त्री बोहराले विभागका निर्देशक न्यौपानेलाई अनुरोध गर्दै भने– योजना तथा तथ्यांक तयारीका लागि आवश्यक जनशक्ति उपलब्ध गराइदिनुहोस् ।
सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारीले पनि केही तथ्यांकमा मिसम्याच भएको देखिएको प्रतिक्रिया दिए । उनले भने– अभिलेख अर्कै प्रदेशमा राखिएको छ, तर कुल ग्रार्हस्थ योगदान अर्कै प्रदेशमा भइरहेको हुन्छ । उनले तथ्यांकलाई तथ्यगत बनाउन पुर्नपुष्टी गरेर मात्र सार्वजनिक गर्न अनुरोध गरे ।
तथ्यांक विभाग कार्यालय कञ्चनपुर प्रमुख गोविन्दप्रसाद न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिव श्रेष्ठले गरेका थिए ।