१० श्रावण २०८१, बिहीबार

बन डढेलोको बिनास जारी: जिल्ला बन सुरक्षा समिति बल्ल सक्रिए बन्दै



शेरबहादुर ऐर/धनगढी । कैलालीमा बैशाखको पहिलो साताबाट वन डढेलोको बिनाश जारी रहे पनि नियन्त्रणका लागि सुरक्षा योजना निर्माणमा भने ढिलाई भएको छ ।

कैलालीका चुरे, बसन्ता, बाह्रबन, लगायतका ठूला र घन बनजंगलका साथै अधिकांस सामुदायिक बन डढेलोको चपेटामा परेका छन् । डढेलोका कारण कैलालीमा करिब ४० प्रतिशत बनजंगल क्षेत्रमा व्यापक क्षती भइसकेको छ ।
बन डढेलोको प्रकोप लगातार बृद्धि हु“दै गएपछि स्थानीय प्रशासनले ढिलो गरी रोकथामको पहल गरेको छ । सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला वन सुरक्षा समितिको बैठकले बन डढेलो नियन्त्रणका लागि सुरक्षा योजना तयार गरेको जनाइएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला बन सुरक्षा समितिको बैठकले ‘स्थानीय तहहरूसंग समेत सहकार्य गरी वन डढेलो नियन्त्रणमा प्रभावकारी कार्यक्रम गर्ने’ निर्णय गरेको छ ।
त्यस्तै, वन डढेलो नियन्त्रणका लागि विभिन्न सञ्चार माध्यमहरूबाट जनचेतनामुलक सन्देश तथा कार्यक्रम गर्ने, बन डढेला लगाउने मानिसहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनका लागि सबै सुरक्षा निकायहरूलाई समन्वय र सहयोग गर्ने निर्णय गरेको छ ।
डिभिजन बन कार्यालय, कैलालीका सहायक वन अधिकृत रामऔतार चौधरीका अनुसार बैशाखको पहिलो सातादेखि फैलिएकोे डढेलोका कारण हालसम्म कैलालीमा ४० प्रतिशत बढी बन क्षेत्रमा क्षती पुगेको छ । कैलालीमा दुई लाख पाँच हजार बढि हेक्टर बन क्षेत्र रहेको छ । कैलालीमा बसन्ता, भारताल, बाह्रवन, चुरे लगायतका ठूला र घना बनजंगल तथा दर्जनौ सामुदायिक बन रहेका छन् ।
कैलाली प्रमुख जिल्ला अधिकारी बोहराले जिल्ला बन सुरक्षा समितिको बैठक सोमबार बसे पनि वन डढेलो नियन्त्रण कार्य भने पहिलेदेखि नै भइरहेको बताए । उनले भने– कुनै पनि स्थानमा वन डढेलो लागेको खबर पाउ“दासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सुरक्षा टोलीले तत्काल नियन्त्रण गर्ने काम गरिरहेको छ ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बलका प्रहरी उपरीक्षक बिष्णुप्रसाद भट्टले ‘दैनिक तीन÷चार ठाउ“मा वन डढेलोको घटना हुने गरेका छन् । सुरक्षा टोलीले बन डढेलो नियन्त्रणका लागि काम गरिरहेको’ बताए । सशस्त्रका प्रहरी उपरिक्षक भट्टले ‘डढेलो लाग्न नदिन स्थानीय तहलाई जिम्मेवार बनाउन आवश्यक रहेको छ ।
कैलाली वन डिभिजन कार्यालयका डिभिजन प्रमुख रामप्रसाद कँडेलले चुरे क्षेत्रमा वन डढेलो नियन्त्रण गर्न कठिनाई भइरहेको बताए । उनले भने– अहिले वन डढेलोका कारण चुरे क्षेत्र नै जोखिममा परेको अवस्था छ । त्यहा“ दमकल पनि पु¥याउने सकिने अवस्था पनि छैन । त्यसैमा चुरेका अधिकांस स्थानमा बढि सल्लाका रुख भएकाले डढेलो झन् छिटो फैलिने गरेको छ ।
बन डिभिजन कार्यालय प्रमुख कँडेलले अग्नि रेखा निर्माण नभएका वनहरूमा डढेलोले बढी क्षति पुर्याइरहेको बताए । उनले भने– बाह्रवन साझेदारी लगायतका अग्निरेखा निर्माण भएका वनमा वन डढेलोको क्षति कम हुने गरेको छ । उनले बन डढेलोका कारण वन्यजन्तु, पंक्षीको पनि व्यापक क्षती भएको बताए । उनले भने– बन डढेलोका कारण वन्यजन्तु तथा पंक्षीको बासस्थान नष्ट भएका छन् । अमुल्य जडिबुटी पनि खरानी भएका छन् ।
उनले डढेलो नियन्त्रणका लागि स्थानीय तह, उपभोक्ता समिति, स्थानीय राजनीतिक दल, स्थानीयबासीले सक्रियता देखाउनुपर्ने बताए । उनले भने– कतिपय ठाउ“मा नया“ घा“स उमार्नका लागि पनि वनमा आगो लगाइने गरेको पाइएको छ । यस्ता प्रवृत्तिका कारण डढेलोले वनभित्र क्षति पुर्याईरहेका छन् ।
वन डढेलो प्राकृतिक कारणमात्र नभएर मानवीय कारणले पनि लाग्ने गरेको छ । वन पैदावार संकलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार