१० श्रावण २०८१, बिहीबार

कार्यकक्षमा भेटिदैनन् डाक्टर



टीकापुर । टीकापुर अस्पतालमा कार्यरत अधिकांस चिकित्सक कामका समयमा आफनो कार्यकक्षमा भेटिदैनन् । अधिकांस डाक्टरहरू ड्युटिको समयमा अस्पतालको साटो निजी क्लिनिकमा भेटिने गरेको पाइएको छ ।


अस्पतालमा कार्यरत अधिकांश चिकित्सकका अस्पताल बाहिर निजी क्लिनिक छन् । आफ्नै क्लिनिक नभएका चिकित्सकलाई पनि निजी क्लिनिकमै बिरामी जा“च गर्न भ्याइनभ्याई हुने गरेको पाइन्छ । अस्पतालमा बिरामी जा“च गर्दागर्दै पनि क्लिनिकबाट फोन आउने बित्तिकै बिरामीको जा“च गर्न छाडेर चिकित्सक निजी क्लिनिकमा जा“चका लागि जाने गरेको बिरामीको गुनासो छ ।
‘पूर्जी काट्नका लागि घण्टौ“ लाइनमा बसेपछि पालो आउ“छ । बिरामी जा“च गर्ने कक्ष पुग्दा डाक्टर भेटि“दैनन्’ बर्दियाबाट चेकअपको लागि टीकापुर अस्पताल पुगेका शेरबहादुर विष्टले भने– यति टाढाबाट आयौ“, घण्टौ“ लाइन बस्यौं“, कक्षमा डाक्टर हु“दैनन् । फेरि निजी क्लिनिकमै जानुपर्ने बाध्यता हुन्छ ।’
अस्पतालमा बिरामी जा“च गर्दागर्दै चिकित्सकहरू त्यताका बिरामीलाई अर्को पटक जा“च गर्न आउ“दा क्लिनिकमै बोलाउ“छन् । चिकित्सकले क्लिनिकमा जा“च गरेको पूर्जी शुल्क रु पा“च सयसम्म असुल्ने गरेका छन् ।
अस्पतालको यस्तो समस्या अहिलेको भने होइन। अस्पताल विकास समितिले यस्ता समस्याको जनगुनासो बढी आउन थालेपछि अस्पतालको प्रवेशद्वारमै सिसी टिभी क्यामरासमेत जडान गरेको छ भने डिजिटल हाजिरीको समेत व्यवस्था गरेको छ । तर पनि यो कार्य रोकिएको छैन । चिकित्सक अस्पतालमा समयमै आउ“छन् तर हाजिर लगाएर फेरि निजी क्लिनिकमै जाने गरेको एक औषधी पसलेले बताए । उनले टीकापुर अस्पतालमा कार्यरत चिकित्सकको मनपरीले कैयौं“ पटक जटिल खालको समस्या आउने गरेको बताउ“दै सिसी टीभी क्यामरा हु“दाहु“दै कार्यकक्षबाट कम्प्युटरसहितका सामान चोरी हुनाले पनि ठूलो शंका उब्जाएको आशंका व्यक्त गरे ।
अस्पतालले आफनो हाताभित्र सहुलियत औषधी पसल नै सञ्चालनमा ल्याए पनि यसबारे अधिकांश बिरामीलाई थाहा नै छैन । चिकित्सकले सहुलियत औषधी पसल हु“दाहु“दै पनि आफनै क्लिनिकमा औषधी किन्न पठाउने गरेका छन् त केही पूर्जी हातमा बोक्दै आफनै क्लिनिकमा समेत पुग्ने गरेका छन् । त्यति मात्र नभई औषधी लेखेर पुर्जी दि“दा चिकित्सकले बिरामीलाई यो औषधी अन्त कतै नपाइने भएकाले बाहिर फलानो मेडिकलमा जानू भनेर भनेको बिरामीले जनाएका छन् ।
चिकित्सकले अस्पतालको उपचारका सामग्रीको प्रयोग निजी क्लिनिकमा लगेर गर्ने गरेको समेत पाइएको छ । क्लिनिकमा लिइएका कति सामानहरू अस्पताल फर्किन्छ त कति सामान क्लिनिकमै हराउ“छन् ।
तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष रतनबहादुर खड्काले चिकित्सकले निजी क्लिनिकमा बढी समय दिएको स्वीकार गर्छन् ।
‘अस्पताल विकास समितिले अस्पतालको सबै निगरानी गथ्र्याे । हाल मेरो कार्यकाल सकिएको पनि दुई महिना भइसकेको छ’ खड्काले भने, ‘डाक्टरहरू ड्युटी नै छोडेर जान्छन, यो गुनासो पहिले पनि आउने गरेको थियो, अहिले अस्पताल नेतृत्वविहीन अवस्थामा छ । नभएको होला भन्न सक्ने अवस्था छैन ।’
टीकापुर नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमार्फत अस्पतालमा बालरोग विशेषज्ञ ल्याएको छ तर आर्थिक मसान्त सकिनै लाग्दा बालरोग विशेषज्ञ अस्पतालमा रहने÷नरहने भन्ने अन्योल पनि बढ्दै गएको छ ।
‘नगरपालिकाको चालु बजेटमा बालरोग विशेषज्ञ ल्याएको हो’, खड्काले भने, ‘अब बालरोग विशेषज्ञ रहने÷नरहने अन्यौलता बढेको छ । साथै अस्पताल विकास समिति नेतृत्वविहीन अवस्थामा हु“दा जिम्मेवारी नगरपालिकाले लिनुपर्ने भएकोले नगरपालिका गैरजिम्मेवार देखिएको छ ।’
गत असार महिनामै अस्पताल विकास समिति नरहने निर्णय सरकारले गरेपछि टीकापुर नरगपालिका र अस्पताल विकास समितिका अध्यक्षबीच पनि ठूलो मनमुटाव रह“दै आएको छ । हालको अवस्थासम्म अस्पताल प्रदेश कि स्थानीय तहको मातहतमा रहने भन्ने अझै स्पष्ट भइनसकेको बताउ“दै खड्काले टीकापुर अस्पताल सेती अञ्चल अस्पतालपछिको जिल्लाकै ठूलो सामुदायिक ठूलो अस्पताल रहेको जिकिर गरे ।
स्रोतसाधनले सम्पन्न भए पनि दरबन्दीअनुसार चिकित्सक नहुनु र दरबन्दीका चिकित्सकले पनि आफना निजी क्लिनिकलाई बढी प्राथमिकता दिनुले अस्पतालमा आउने बिरामीलाई सास्ती भइरहेको छ । टीकापुर अस्पतालमा दैनिक तीन सयदेखि चार सयसम्म बिरामी जा“चका लागि आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार