११ पुष २०८१, बिहीबार

विश्व औंलो दिवस: विभिन्न कार्यक्रमसहित मनाइयो



धनगढी । कैलालीसहित सुदूरपश्चिम प्रदेशमा विभिन्न कार्यक्रमसहित बिहीबार विश्व औलो दिवस मनाइको छ । ‘आफैबाट शुरु गरौं, औलोलाई सून्यमा पु¥याऔं, औलो विरुद्धको अभियानमा हामी सबै सहभागी बनौं’ भन्ने नाराका साथ दिवस मनाइयो । विश्व स्वास्थ्य संगठनको निर्णयअनुसार हरेक वर्ष अप्रेल २५ तारिखका दिन विश्व औलो दिवस मनाउने गरिएको छ ।


दिवसको अवसरमा डडेल्धुरा सदरमुकाममा स्वास्थ्य कार्यालय डडेल्धुरामा पत्रकारसंग अन्तक्र्रिया कार्यक्रम गरियो । डडेल्धुरामा चालू आर्थिक वर्षको हालसम्म औलोका आठ जना विरामी भेटिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । विदेशबाट र्किने नेपालीहरूमा औलोको संक्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिएका छन् ।
औलो रोग निवारण गर्नको लागि सम्बन्धित स्वास्थ्य चौकीमार्फत आमा समूहसम्म विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरिरहेको उनले बताए । सुदूरपश्चिम प्रदेशका ३१ वटा वडाहरू औलोको उच्च जोखिमा रहेको तथा ९१ वडाहरू मध्यम जोखिममा रहेको तथ्यांकले देखाएको छ ।
डडेल्धुरा जिल्लाको पनि भित्री मधेसमा पर्ने परशुराम नगरपालिका र आलिताल गाउ“पालिकामा औलोको बढी जोखिम रहेको उनले बताए ।
त्यस्तै, कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २, साडेपानीमा पनि कार्यक्रम गरिएको थियो । कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नम्बर २ का जनप्रतिनिधि, स्वास्थ्यकर्मी, भल्मन्सा, शिक्षक, स्थानियहरूको सहभागीता रहेको थियो ।
औलो रोगको बारेमा सहभागीहरूलाई स्वास्थ्य शाखाका सहसंयोजक मिनबहादुर धामीले जानकारी दिएका थिए ।
लामखुट्टेको टोकाईबाट लाग्ने रोग भएकाले यसबाट बच्न झुलभित्र सुत्ने, हातखुट्टा पूरा छोपिने गरी लुगा लगाउने, घरभित्र बस्दा लामखुट्टे भगाउने धुप बाल्ने, घर वरपर लामखुट्टे हुर्कन सक्ने ठाउ“मा सरसफाई गर्न समेत उनले सबैलाई आग्रह गरे ।
घोडाघोडी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हरिराज बिष्टले औलो रोगको बारेमा सबै जना सचेत हुनुपर्ने बताए ।
औलो अर्थात् मलेरिया लामखुट्टको टोकाईका कारण लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश ग¥यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ ।
प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन् । त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको सक्रमण बिरलै गराउने गरेको पाइन्छ । औलोको पहिचान गर्न रगतको नमूनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित परीक्षण गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार