१० श्रावण २०८१, बिहीबार

पत्रकार आचार संहितासम्बन्धी प्रशिक्षण समापन



सुखड । नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशको आयोजनामा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा सूचनाको हक र पत्रकार आचारसंहिता सम्बन्धी दुई दिने प्रशिक्षण तालिम आईतबार समापन भएको छ ।
समापन कार्यक्रममा घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीले पत्रकारिता पेशालाई मर्यादित बनाउन आग्रह गरे । उनले अरुले भनेको भन्दा पनि सत्यतथ्य र मर्यादित भएर कलम चलाउन आग्रह गरे ।
घोडाघोडी नगरपालिकाको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशको आयोजनामा सो तालिम भएको हो ।
प्रशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल तथा एफएमडिसिका कार्यक्रम प्रमुख उमिदप्रसाद वागचन्दले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रम नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष चाँदनी आचार्यको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार