हाजिरी नपुगेपछिः ५० जना एसइइ परीक्षाबाट बञ्चित
बैतडी । आवश्यक कक्षा हाजिरी अपुग भएपछि बैतडीमा ५० जना विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) बाट बञ्चित भएका छन् । हाजिरी नपुगेको भन्दै ३० जना छात्रा र २० जना छात्र समेत ५० जना विद्यार्थी यो वर्षको एसइइ परीक्षामा सहभागी बन्नबाट बञ्चित भएको जनाइएको छ ।
सम्बन्धित विद्यालयमा सञ्चालन भएका कुल कक्षा दिनमध्ये ७५ प्रतिशत हाजिरी नपुगेपछि ५० जना विद्यार्थीहरू परीक्षामा सहभागी हुन नपाउने भएका छन् । बैतडीका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नरेन्द्र अवस्थीले विभिन्न विद्यालयमा कक्षा हाजिरीमध्ये ७५ प्रतिशत हाजिरी नभेटिएपछि तीविद्यार्थीले परीक्षामा सहभागी हुन नपाउने बताए ।
आगामी चैत्र १० गतेदेखि शुरु हुने एसईई परीक्षामा बैतडीबाट पा“च हजार आठ सय १८ विद्यार्थी सहभागी हुदैछन् । यस वर्षको एसइइमा बैतडीबाट नियमिततर्फ दुई हजार दुई सय छात्र र तीन हजार १० जना छात्रा समेत पा“च हजार आठ सय १८ विद्यार्थी सहभागी हुदैछन् ।
शिक्षा विकास तथा समन्वय एकाईका विद्यालय निरीक्षक शंकरदत्त जोशीले पुरक ग्रेड वृद्धितर्फका पुराना एक सय १४, नया“ दुई सय ७३ र प्राविधिक धारका ६९ विद्यार्थी रहेको बताए ।
बैतडीमा यस वर्षको एसइइ परीक्षामा एक सय १९ सामुदायिक र चार वटा संस्थागत गरी एक सय २३ विद्यालय सहभागी हुदैछन् । विद्यालय निरीक्षक जोशीका अनुसार बैतडीमा यस पटक २५ वटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने छ ।