२ जेष्ठ २०८१, बुधबार

द्रुत आर्थिक विकास भएको देशका बनाउने प्रधानमन्त्री अाेलीकाे उद्घाेष



धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वर्षभित्र विश्वमै नेपाललाई द्रुत आर्थिक विकास भएको देशका रुपमा चिनाउने बताएका छन् ।
‘यो एक वर्ष अलमल र व्यवस्थापनको वर्षका रुपमा वित्यो । अब दोस्रो वर्षलाई आर्थिक विकासका रुपमा अघि लग्छौं’ बुधबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘अबको चार वर्षभित्र सबैभन्दा दु्रत आर्थिक विकास भएको देशका रुपमा चिनाउन सकिन्छ । त्यो सम्भव छ । त्यसका आधारहरु भएरनै भनिरहेको छु ।’ उनले आधुनिक शिक्षा, प्राविधिक शिक्षामा जोड, सडक सञ्जालसंग जोड्ने, सिप विकास तथा व्यवसायीक तालिम लगायत सबै कुरा अघि बढाएर मुलुकलाई आर्थिक विकासतिर अघि लग्ने बताए ।

‘अहिले केही साथीहरु खाली हावामा विकासका कुरा गरिरहेको भनेर आरोप लगाईरहेका छन् । हामी निराधार विकासका कुरा गरिरहेका छैनौं’ उनले भने ‘हामीले विकासको स्पष्ट खाका, नीति, योजना तयार गरेर कुरा गरिरहेका छौं ।’ उनले सरकार सम्पूर्ण नेपालीलाई समृद्ध र सुखी बनाउन कटिवद्ध रहेको बताए ।
सरकारको अहिलेको प्राथमिकता विकास, निर्माण र सुशासन भएकाले यसलाई कार्यान्वयन गर्न सबै एक भएर अघि बढ्नुपर्ने बताए । जनताका काम सबैको साझा काम भएकाले सरकारले जनताले प्रत्याभूति गर्ने गरी काम गर्ने र त्यसका लागि सबै एक जुट भएर अघि बढ्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने ‘मैले भनेका कुरा अध्ययन गरेर आउनु होला अर्को भेटमा हिसाव किताव गरौंला मैले भनेका कुरा के कति लागु भए भएन भन्ने तयारीमा आउन तपाईहरुलाई आग्रह गर्छु ।’
उनले नया“ संविधानमार्फत तीन तहको निर्वाचन सम्पन्न हुनुका साथै अहिले सात सय ५३ स्थानीयसहित प्रदेश र केन्द्रीय सरकारले काम गरिरहेको बताए । उनले विगत २००७ सालदेखि कै इतिहास हेर्दा नेपालमा कुनै पनि सरकारले ५ वर्ष सत्ता सञ्चालन गर्न नसकेको भन्दै आफू नेतृत्वको वर्तमान सरकारले आम नेपालीको चाहना, भावना र आकांक्षालाई सम्बोधन गर्दै अघि बढेको बताए ।

हिंसात्मक क्रियाकलाप हेरेर बस्दैनौं

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले राजनीतिका नाममा हुने हिंसात्मक क्रियाकलाप हेरेर नबस्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ माओवादीप्रति लक्षित गर्दै ‘क्रान्तिका नाममा आडम्बरपूर्ण र लफ्फाजीको काम छैन । क्रान्तिका नाममा हि“सात्मक कार्य भएका छन् । राजनीतिक आवरणमा चन्दा आतंक मच्चाउने काम भइरहेका छन् । राजनीतिक आवरणमै लुटपाट र देशलाई डुबाउ“ने खालका कामहरु हु“दैछन् । यस्ता विकासका बाधक र हि“सात्मक क्रियाकलापहरु सरकारले हेरेर बस्दैन ।’
प्रधानमन्त्री ओलीले अघि भने, ‘अकारण जनतालाई आतंकित पार्ने र अन्तराष्ट्रिय दुनिया“मा नेपालको बद्नाम गर्ने कार्यहरु भइरहेका छन् । अरुण तेस्रो माथि तोडफोड गर्ने, बम पड्काउने काम भइरहेका छन् । यो जम्मै हुनुको कारण नेपाल–भारतस“गको सम्बन्ध बिगार्न र अन्तराष्ट्रिय लगानी नभित्रियोस् भन्ने गलत सोचाइले भएका छन् ।’
साथै उनले २००७ सालमा भारतमा भागेका राजालाई डोकोमा बोकेर ल्याएर देश र जनताले दुःख पाउनु परेको बताए । उनले भने,‘केही शक्ति प्रतिगमनको बाटो बनाउ“दैछन् । नेपाली जनता त्यति मुर्ख छैनन् । हिजो २००७ सालमा भारतमा भागेर गएका राजालाई डोकोमा बोकेर ल्याएर दुःख भोग्नु पर्यो । फेरी त्यहि प्रतिगमन चाह“दैनन् ।’
धर्मको राजनीति गरेर राजतन्त्र फर्कन्छ भन्ने सपना नसोच्न उनले आग्रह गरे । ‘मुलुकमा धर्मको स्वतन्त्रता छ तर धर्मका नाममा राजनीतिक उद्देश्य प्राप्त गर्ने चेष्टा सरकारका लागि स्वीकार्य हु“दैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न दाउपेचमा सरकार ढलिहाल्ने अवस्था पनि अहिले छैन, त्यसैले यस्ता गतिविधि विरुद्ध उचित कदम चाल्छौ“ ।’
विपक्षी दलले सरकार अधिनायवादतर्फ जान थालेको भन्ने हल्ला चलाएकोप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाए । लोकतान्त्रिक विधिबाट जनताले चुनेर पठाएको सरकार गठन भएकाले जनमतको कदर गर्न उनले आग्रह गरे । यो सरकार अरुले ल्याएको लोकतन्त्रमा बनेको नभइ मुलुकमा लोकतन्त्र ल्याउन आफै“ लडेको सरकार भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘कसैले ल्याइदिएको लोकतन्त्रमा सरकार बनेको होइन, लोकतन्त्र ल्याएर लोकतान्त्रिक विधिबाट सरकार बनेको हो’ उनले भने, ‘मुलुकमा लोकतन्त्र ल्याउन हामीले जेलनेल भोगेका छौं, संघर्ष गरेका छौं । त्यसैले लोकतन्त्रको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार