५ जेष्ठ २०८१, शनिबार

किंग फिसरको १० औं वार्षिकोत्सव



धनगढी । किंग फिसर इङग्लीस बोर्डिङ स्कुलले आफनो १० औं वार्षिकोत्सव साधारण सभा गरेको छ ।


धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित सो स्कुलले आईतबार विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव तथा साधारण सभा गरेको हो ।
सभालाई उद्घाटन गर्दै पूर्व क्षेत्रीय शिक्षा निर्देशक नन्दराज पन्तले गुणस्तरिय र सिपमूलक शिक्षाका लागि स्कुलले गरेको प्रयास सह्रानिय भएको बताए ।
गुणस्तरिय शिक्षाको विकास भएमात्र समग्र शिक्षाको विकास हुने भन्दै उनले यसका लागि अभिभावक र शिक्षकको उत्तिकै आवश्यक हुने बताए ।
त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष विजयराज जोशीले धेरै आरोह अवरोह पार गरेर किंग फिसरले गरेको शैक्षिक क्षेत्रको सुधार अतुलनिय भएको बताए । उनले विद्यालय र विद्यार्थी प्रतिको उत्तरदायित्व शिक्षक र अभिभावकको उत्तिकै आवश्यक पर्ने भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्करराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा लेखा संयोजक जितराज पाण्डेले स्वागत गरेका थिए ।
सो अवसरमा स्कुलले २०७४ सालमा एसईई परिक्षामा ए प्लस ग्रेड ल्याएर उत्तिर्ण भएका उमेश ठकुल्लालाई पाँच हजार पाँच रुपैया प्रदान गरि पुरस्कृत गरेको छ । किंग फिसरको पहिलो ब्याज २०७४ मा एसईई परिक्षा दिएका १३ जना रहेको र सो परिक्षामा सम्पूर्ण विद्यार्थी पास भएको प्रअ विमल भण्डारीले जानकारी दिए । खेलकुद, वक्तृत्वकला, अनुसासित, विभिन्न कक्षमा उत्कृष्ट, विद्यालयमा अनुपस्थित नभएका विद्यार्थीलाई प्रमाणपत्र र मेडलसहित पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार