५ जेष्ठ २०८१, शनिबार

विद्यालयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम विस्तार



बौनिया । कैलालीको बर्दगोरिया गाउपालिकाका विद्यालयहरुमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम बिस्तार भइरहेको छ ।
यस क्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ स्थित जगदम्बिके भगवती माविमा प्रहरी–विद्यालय सम्पर्क समिति गठन गरिएको छ ।
ईलाका प्रहरी कार्यालय सडकपुरबौनियाको आयोजना समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो समिति गठन गरिएको जनाइएको छ ।
कार्यक्रममा प्रहरी निरीक्षक ध्रुवबहादुर बिष्टले स्थानीय तह र प्रहरी प्रशासनको सहकार्यमा समाजमा हुने अपराध नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको चर्चा गरे ।
प्रहरी निरीक्षक बिष्टका अनुसार बर्दगोरिया गाउपालिकामा समुदाय–प्रहरी पालिका समिति, समुदाय–प्रहरी वडा समिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति गरि २९ वटा समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार