१० श्रावण २०८१, बिहीबार

अपचले निम्त्याउने पाँच रोग



दशैंको विशेषता मिठो मसिनो खाने हो । यतिबेला माछा-मासु खाइन्छ । कतिले मदिरापान गर्छन् । घर-घरमा भोज हुन्छ ।
दशैंको वाहनामा हामी मनलाग्दो खानेकुरा खान्छौं । यतिबेला खानपानमा सर्तकता अपनाइएन भने अपचको समस्या हुनसक्छ ।

किन पच्दैन खाना
त्यसै त खाना राम्रोसँग नपच्ने आम समस्या बन्दै गएको छ । कहिले काहीँ बढी खानु पनि समस्या बन्न सक्छ । चिल्लो, मसलेदार र गलत तरिकाले खानेकुरा सेवन गर्दा खाना राम्रोसँग पच्दैन ।
यतिमात्र नभएर कलेजोमा भएका सबै इन्जाइमले राम्रोसाग काम नगरेको अवस्थतामा अपचको समस्या हुन्छ । जसले निकै दुख दिने गर्छ । ग्यासट्राइटिस, पोट पोल्ने, एसिडिटीलगायत समस्या अपचका लक्षण हुन् । पाचन प्रणाली प्रक्रियामा थुप्रैप्रकारको रोगबाट ग्रसित हुनुपर्छ ।

लाग्छ यस्ता रोग
– एलर्जी
– अर्थराइटिस
– आन्टोड्म्युन डिजिज
– छालाको इन्फेक्सन
– थकाई र मुड डिसअर्डर

यसकारण पेटमा समस्या
हाम्रो सम्पूर्ण स्वास्थ्यको नियन्त्रण पाचन प्रक्रियामा निर्भर हुन्छ । कलेजोको मेटावोलिज्मको बायप्रंोडक्टको रुपमा पित्तले काम गर्छ । यदि यसले उल्टो असर देखाएमा कब्जियतको समस्या हुन जान्छ । कब्जियतको कारण शरिरमा विषालु तत्वको मात्रा बढेर जाने गर्छ ।

अपचको अर्को कारण
-भोजनमा फाइवरको मात्रा कम हुभएमा चिनीको मात्रा बढी भएमा पाचनसम्बन्धि समस्याा आउन सक्छ ।
– पोषण तत्वको कमी र उच्च क्यालोरीयुक्त आहारले पनि शरिरमा नराम्रो वयाक्टेरियाको मात्रा बढेर जान्छ । जसले गर्दा आन्द्राको कममा पनि क्षती पुग्न जान्छ ।
-पाचन प्रक्रियामा बाधा उत्पन्न गर्ने औषधीको बढी प्रयोगले पनि अपचको समस्या सामना गर्नुपर्छ । एस्पिरिन र पि्रलोसेकजस्ता औषधीको अत्याधिक सेवनले पाचन प्रणालीलाई विगार्ने काम गर्छ ।
– पारा र मोल्ड टाक्सिनको मात्राले पनि पाचन प्रक्रियालाई विगार्ने काम गर्छ ।
– तनावको कारण पनि नर्व सिस्टममा असर पुग्न जान्छ । जसले पाचन प्रक्रियालाई विगार्ने काम गर्छ । यसको साथै पेटमा व्याक्टेरियाको सन्तुलन पनि विग्रेर जाने गर्छ ।

पाचन प्रक्रिया र व्याक्टेरिया
हाम्रो पेटमा ब्याक्टेरियाका पाँच सय प्रजाति हुन्छन् । जसले खानालार्य पचाउनको लागि मदत पुर्‍याउँछ । यसका साथै व्याक्टेरियाले हार्मोनलाई सन्तुलनमा राख्ने, टाक्सिनलार्य वाहिर निकाल्ने र भिटामिनलगायतका तत्वको निर्माणमा पनि सहायोग पुर्‍याउने गर्छ । जसले पाचन प्रक्रिया र स्वास्थ्य स्वस्थ रहने गर्छ ।

– यदि स्वास्थ्यमा प्यारासाइट्स वा यीस्ट जस्ता नकरात्मक व्याक्टेरियाको मात्रा बढेमा, ल्याक्टोवासिलन वा विफिडो ब्याक्टेरियाले राम्रोसँग काम नगरेको अवस्थामा पनि स्वास्थ्य विग्रदै जान्छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार