२ जेष्ठ २०८१, बुधबार

ब्रेकिंग : सुदूरपश्चिम प्रदेशको राज्यमन्त्रीमा प्रकाश रावल नियुक्त हुने



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा कञ्चनपुरका प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त हुने भएका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर ३ को १ बाट विजयी सांसद रावल आजै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री हुने भएका हुन ।

रावललाई आजै सपथ ग्रहण गराइने जनाइएको छ । रावलसँगै अब सुदूरपश्चिम प्रदेश सरकार आठ सदस्यीय हुने भएको छ ।

राज्यमन्त्री भएको मन्त्रालयमा बैतडीका मायादेवी भट्ट मन्त्री छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार