६ कार्तिक २०८१, मंगलवार

बलात्कार र हत्या आरोपीलाई जन्मकैद



बैतडी । बैतडीमा किशोरीलाई बलात्कारपछि हत्या गरेको मुद्दामा जिल्ला अदालतले अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
बैतडीको पुचौडी नगरपालिका वडा नम्बर ४ हाट की १६ वर्षीया डम्बरा भट्टलाई बलात्कार पछि हत्या गरेको आरोपमा जिल्ला अदालत बैतडीले डिलाशैनी गाउँपालिका वडा नम्बर ४, पिरेडीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
जिल्ला न्यायधिश माधवप्रसाद अधिकारीको इजलासले आरोपी जोशीलाई हत्या अभियोगमा २० र बलात्कार अभियोगमा थप आठ वर्ष सहित २८ वर्षको कैद फैसला सुनाएको अदालतका श्रेष्तेदार भीमप्रसाद भुसालले बताए ।
उमेशले साली नाता पर्ने डम्बरालाई गत वर्ष फागुन १७ गते पुर्चौडी नगरपालिका वडा नम्बर १ हाटस्थित आफ्नो कोठामा बोलाएर बलात्कार गरी हत्या गरेका थिए ।
त्यस्तै, जिल्ला अदालत बैतडीले मेलौली नगरपालिका वडा नम्बर २ का किशोरराम वडलाई बलात्कार अभियोगमा आठ वर्ष कैद र ४० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको छ ।
किशोरराममाथि १४ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार