१० श्रावण २०८१, बिहीबार

तीन वटा सडक निर्माण कार्य अलपत्र



बैतडी । सडक डिभिजन कार्यालय पाटन बैतडीमार्फत निर्माण भइरहेका तीन वटा सडक निर्माणको काम अलपत्र परेको छ ।
सडक डिभिजन कार्यालयमार्फत निर्माण भइरहेका ती सडक अहिले अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय, पाटनका इञ्जिनियर अर्जुन पौडेलले बैतडीको पाटन–पञ्चेश्वर सडक कालोपत्रे गर्ने काम रोकिएको बताए । त्यस्तै, श्रीकोट–सिल्लेगडा र उग्रतारा–मेलौली सडक निर्माण कार्य अलपत्र परेको छ ।
पाटन–पञ्चेश्वर सडकखण्डको ४५ किलोमिटर कालोपत्रे गर्ने र छ किलोमिटर ट्रयाक खोल्ने काम रहेकोमा चालू आर्थिक वर्षमा रोकिएको छ । इञ्जिनियर पौडेलका अनुसार ती योजनाको बजेट प्रदेश सरकारमा गएको बताए ।
त्यस्तै, एक सय १५ किलोमिटरको श्रीकोट–सिल्लेगडा सडकमा १२ किलोमिटर कालोपत्रे गर्ने र ट्रयाक खोल्ने कार्य पनि रोकिएको छ । भने उग्रतारा मेलौली मेलौली सडक कालोपत्रे गर्ने कार्य पनि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार