५ जेष्ठ २०८१, शनिबार

मेयर–एसपीए कप भलिवल : एसपीए कलेज फाइनलमा प्रवेश



धनगढी । धनगढीमा जारी अन्तरविद्यालय स्तरीय मेयर–एसपिए कप छात्रा भलिवल प्रतियोगिताको शनिबार भएको खेलमा एसपिए कलेज फाइनल प्रवेस गरेको छ ।
एसपीए कलेजले बेहडाबाबा माविलाई २५–२३, २५–१४ र २५–१८ को सोझो सेटमा हरायो ।
यसअघि शनिबार नै भएका क्वाटर फाइनल चरणका खेलमा एसिपए, बेहडा बाबा र शारदा विद्या निकेतन विजयी भएका थिए ।
क्वाटर फाइनलको खेलमा एसपिएले शारदा मावि, बैयाबेहडीलाई पराजित गरेको थियो । भने बेहडाबाबाले धनगढी माविलाई हरायो ।
प्रतियोगिताको फाइनल खेल आज (आइतबार) हुने जनाइएको छ । प्रतियोगिताको प्रथम हुने टिमले २५ हजार, द्वितीय टिमले १५ हजार र तृतीय हुने टीमले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार