१२ श्रावण २०८१, शनिबार

नेपालमा २३५ बाघ पुग्दा शुक्लाफाँटामा १६



तस्बिर सौजन्य : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग।

काठमाडाैं–नेपालमा २ सय ३५ वटा पाटेबाघ थपिएका बेला कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा बाघकाे संख्यामा कमी आएको छ।

सो क्षेत्रमा सन् २०१३ मा १७ वटा पाटेबाघ गणना गरिएकोमा सन् २०१८ कोे गणनामा यो संख्या घटेर १६ मा झरेको हो। जसमध्ये ९ भाले, ६ पोथी र एउटा डमरु रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिए।

राष्ट्रिय संरक्षण दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो।

 गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१ र  पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा १६ बाघ भेटिएका हुन्।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म बाघगणना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार