२ जेष्ठ २०८१, बुधबार

प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान



काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री केपी ओली अमेरिका गएका छन् ।

न्यूर्योकस्थित राष्ट्रसंघीय मुख्यालयमा आगामी मंगलबार शुरु हुने सभामा सहभागी हुन नेपाली प्रतिनीधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली गएराती त्यसतर्फ गएका हुन्। सबैका लागि सान्दर्भिक राष्ट्रसंघको निर्माण, शान्तिपुर्ण समतामुलक र दिगो समाजका लागि विश्वव्यापी नेतृत्व तथा साझा उत्तरदायित्व भन्ने नाराका साथ शुरु हुन लागेको सभालाई प्रधानमन्त्री ओलीले आगामी विहिबार सम्वोधन गर्ने कार्यक्रम छ ।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आगामी सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता नेल्सन मण्डेलाको एक सयौं जन्मजयन्तीको अवसरमा आयोजित विश्व शान्ति सम्मेलनललाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजसँग द्धिपक्षिय वार्ता गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र महासचिव गुटरेजले आयोजना गरेको छुट्टाछुट्टै भोजमा सहभागी हुनुहुनेछ । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका सरकार प्रमुखसँग छुट्टाछुट्टै  भेटवार्ता गर्नुहुने बताईएको छ । राष्ट्रसंघीय महासभामा सहभागी भएपछि प्रधानमन्त्री ओली सहितको टोली कोष्टारिका भ्रमणमा जानेछ  ।

यसैविच नेपालले राष्ट्रसंघीय महासभामा आगामी बिहीवार सार्क राष्ट्रका विदेशमन्त्री स्तरीय बैठकको आयोजना गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहभागी हुने बैठकमा सार्क राष्ट्रका विदेशमन्त्री सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली असोज १८ गते स्वदेश फर्कनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार