५ जेष्ठ २०८१, शनिबार

डिसिएबाट थप दुई क्रिकेटर राट्रिय टोलीमा



धनगढी । धनगढी क्रिकेट एकेडेमीका थप दुई जना खेलाडी राष्ट्रिय क्रिकेट टिममा परेका छन् ।
सेप्टेम्बर १२ देखि भारतको लखनउमा हुने भारत, अफगानिस्तान र नेपालबीचको यु १९ त्रिकोणात्मक खेलका लागि भारतले दिएको निमन्त्रणामा नेपालको टोली भारत प्रस्थान गर्न लागेको हो ।
टोलीमा धनगढी क्रिकेट एकेडेमीका विपिन रावल र लोकेश बम परेका छन् ।
यसअघि एकेडेमीका रोशन अधिकारी, सुवोध ऐर र नारायण जोशीले नेपालको यु १६ टिमबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले नेपाली टिमलाई खेलका लागि शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार