२ जेष्ठ २०८१, बुधबार

नगरस्तरीय मैत्रीपूर्ण भेट्रान फूटवल प्रतियोगिता शुरु



पुर्नवास । कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर २ मा नगरस्तरीय मैत्रीपूर्ण भेट्रान फूटवल प्रतियोगिता शुरु भएको छ ।
अरनिको खेलकूद विकास समितिद्वारा आयोजना भएको फूटवल प्रतियोगिताको प्रदेश सभाका सांसद एवम् नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता तारा लामा तामाङले उद्घाटन गरेका थिए ।
सो अवसरमा सांसद तामाङले एकताको भावना जागृत गराउने भएकोले फूटवल प्रतियोगिता निरन्तर आयोजना हुनुपर्ने बताए । उनले व्यवस्थित खेल मैदानका लागि आवश्यक वजेटको व्यवस्था गर्न पहल गर्ने आश्वासन पनि दिए ।
सोमबारबाट नियमित खेल हुने प्रतियोगिता अन्तर्गत आइतबार स्थानीय महिलाहरूबीच फूटवल भएको थियो । प्रतियोगितामा कैलाली र कञ्चनपुरका १४ वटा पुरुष टीमको सहभागिता हुने भएको छ । प्रतियोगिताको विजेतालाई ५० हजार र उपविजेतालाई ३० हजार नगद दिइने बताइएको छ ।
सोमबारको पहिलो खेल कालिका युवा क्लव र निर्माण व्यवसायी संघबीच हुने कार्यक्रम रहेको छ । सो खेल दिउँसो ३ ः४५ मा शुरु हुने आयोजक संस्थाका अध्यक्ष मानबहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार