२२ बैशाख २०८१, शनिबार

बाजुराको मालिका नमुना माविमा शङ्कास्पद वस्तु भेटियो



बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा अवस्थित मालिका नमुना माध्यमिक विद्यालयको प्राविधिक भवन भित्र शङ्कास्पद वस्तु राखेको भेटिएको छ ।
विद्यालयमा टिएसएलसी र प्राविधिकतर्फ ओभरसेयर तेस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ ।

विद्यार्थीहरूलाई तर्साउन शङ्कास्पद वस्तु राखिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार बिहीबार रातिको समयमा शङ्कास्पद वस्तु राखेको हुन सक्ने अनुमान गरेकोछ । तर कसले राखेको हो भन्ने खुलेको छैन ।

सदरमुकाम समेत रहेको उक्त बडिमालिका नगरपालिकामा रहेको मालिका नमुना माध्यमिक विद्यालयमा शङ्कास्पद बस्तु भेटिएपछि जिल्ला सदरमुकाम आसपासका क्षेत्रमा सुरक्षा दिएको छ भने डिस्पोजल गर्न नेपाली सेनाको टोलीलाई खबर गरिसकेको प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।

बिहानै देखि जिल्ला सदरमुकाम मार्तडी बजार त्रसित बनेको छ । विद्यालयमा सञ्चालन भैरहेको परीक्षा प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार