२ जेष्ठ २०८१, बुधबार

छोरी जन्माएका आमालाई प्रोत्साहन भत्ता



बैतडी । छोरी जन्माउने दुई सयभन्दा बढी अमालाई बैतडीको दोगडाकेदार गाउँपालिकाकाले प्रोत्साहन भत्ता प्रदान गरेको छ ।
गाउँपालिकाभित्र एक वर्षको अवधिमा छोरी जन्माएका दुई सय १२ जना आमालाई प्रोत्साहन स्वरूप जनही एक हजार रूपैयाँका दरले भत्ता प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए ।
‘हाम्रो समाजमा अझैं पनि छोरीमाथि विभेद कायमै रहेको छ” गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले समाजमा छोराछोरी बीच समानता कायम गर्न पनि छोरी जन्माउने आमालाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको बताइन् ।
नेपाल सरकारले संस्थागत सुत्केरी भए वापत एक हजार र चार पटक गर्भ जाँच गराएमा थप चार र सय रूपैयाँ प्रदान गर्दै आएकोमा गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाइ एक हजार रूपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको उनले बताइन् ।
गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले गर्भावस्थामै छोरी भए गर्भ फाल्ने तथा भू्रण हत्यामा कमी ल्याउन गत वर्षको भदौमा आमालाई प्रोत्साहन भत्ता दिने निर्णय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार