घोडाघोडीमा घुम्न आउने आगन्तुकको संख्यामा बृद्धि
सुखड । पछिल्लो समय कैलालीको घोडाघोडी ताल क्षेत्रमा घुम्न आउने आगन्तुकको संख्यामा बृद्धि भएको छ ।
घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरमण मञ्च नेपालको तथ्यांकअनुसार घुम्न आउने आगन्तुकको संख्यामा बृद्धि भएको छ । यो वर्षको बैशाखदेखि मंगलबारसम्म एक लाख २७ हजार जनाले घोडाघोडी ताल क्षेत्रमा अवलोकन गरेको घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरमण मञ्च नेपालले बताएको छ ।
मञ्चका अनुसार बैशाख महिनामा ६६ हजार पाँच सय, जेठ महिनामा ४२ हजार र असार १९ गतेसम्म १८ हजार पाँच सय जनाले ताल क्षेत्रको अवलोकन गरेका छन् ।