२ जेष्ठ २०८१, बुधबार

लिटिल फ्लवारले जित्यो अन्तरविद्यालय क्रिकेटको उपाधी



धनगढी । धनगढीमा जारी अन्तरविद्यालय क्रिकेट प्रतियोगिता लिटल फलावर स्कुलले जितेको छ । शनिबार भएको फाइनल खेलमा लिटिल फ्लावरले जेसिज एभरेष्ट स्कूललाई नौ विकेटले हरायो ।
टस जितेर व्याटिङ गरेको जेसिज एभरेष्टले २० ओभरमा एक सय रन बनायो । जेसिजका भूपेश बमले ११ रन बनाए । बलिङतर्फ लिटल फ्लावरका शैलेश अवस्थीले चार विकेट लिए ।
प्रतिउत्तरमा लिटल फ्लावरले ११ ओभर तीन बलमा एक विकेट क्षतिमा गुमाउँदै लक्ष्य प्राप्त गर्‍यो । लिटल फ्लावरका भरत सिंहले ४८ र राजेन्द्र चन्दले २४ रन बनाए । खेलको म्यान अफ द म्याच शैलेश अवस्थी बने ।
विजयसँगै लिटल फ्लावरले २० हजार र उपविजेता जेसिज एभरेष्टले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
सो अवसरमा उत्कृष्ट खेलाडी कवीन्द्र शाहलाई साइकल प्रदान गरियो । त्यस्तै, उत्कृष्ट बलर ऐश्वर्यका लोकेश हमाल, उत्कृष्ट ब्याट्सम्यान वीरेन्द्र महर र शिद्धार्थका विवेक चन्द बने ।
कैलाली जिल्ला क्रिकेट संघको अयोजनामा सो प्रतियोगिता भएको थियो । प्रतियोगिता समापन कार्यक्रम संघका कार्यवाहक अध्यक्ष हेमराज जोशीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार