२० बैशाख २०८१, बिहीबार

आयोडिन महिना शुरु : पुरुषभन्दा महिलामा आयोडिनको मात्रा कमी



धनगढी । नेपालमा पुरुषभन्दा महिलाहरूमा आयोडिनको मात्रा कमी रहेको एक अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदनअनुसार प्रति एक सय जना महिलामा १० जनामा आयोडिनको मात्रा कमी रहेको पाइएको छ भने प्रति एक सय जना पुरुषमध्य एक जनामा मात्र आयोडिनको मात्रा कमी रहेको छ ।
प्रदेश नम्बर ७ का ग्रामीण बस्ती तथा सीमावर्ती क्षेत्रका मानिसमा आयोडिनको मात्रा अपेक्षाकृत कमी रहेको अध्ययनले देखाएको छ ।
सरकारले मुलुकका प्रत्येक दुर्गम स्थानमा अनुदानमा आयोडिनयुक्त ननू पुर्‍याउने व्यवस्था गरेको छ । त्यस्तै, आयोडिनयुक्त नून प्रयोगमा सचेतना जगाउन हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइने गरेको छ ।
प्रदशे नम्बर ७ का बझाङ, बाजुरा, अछाम र दार्चुलामा साल्टट्ेरडिङ कर्पोरेशन र नेपाल सरकारले आयोडिनयुक्त नूनको कमी हुन नदिन र उपभोक्तालाई सर्वसुलभ ढंगबाट वितरण गर्न यस वर्ष ३१ हजार क्विन्टल आयोडिनयुक्त नून सहुलियत दरमा रूपमा विक्रीवितरण गर्ने कर्पोरेशनका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिए ।
सहायक महाप्रबन्धक पाण्डेका अनुसार प्रदेश नम्बर ७ का दुर्गम चार जिल्लाका १७ स्थानमा डिपो स्थापना गरी साल्ट ट्ेरडिङले आयोडिनयुक्त नून विक्रीवितरण गर्दै आइरहेको छ । उनले ती जिल्लाका अन्य चार स्थानमा थप डिपो स्थापना गरिने बताए ।
अछाम, बाजुरा, बझाङ र दार्चुलामा साल्ट ट्ेरडिङले प्रति केजी नौ रुपैयाँका दरले सहुलियत दरमा नून विक्री गरिरहेको छ । यस प्रदेशमा यस वर्ष एक लाख ८० हजार क्विन्टल आयोडिनयुक्त नून विक्री हुने जनाइएको छ । गत वर्ष एक लाख ७५ हजार क्विन्टल आयोडिनयुक्त नून विक्री भएको उनले बताए ।
आयोडिनको कमीबाट हुने विभिन्न प्रकारका रोगहरूको अन्त्य गर्ने उद्देश्यले यस वर्ष साल्ट्ेरडिङले आयोडिनको कमीले हुने विकृतिहरू सम्बन्धी जनचेतना जगाउने फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाउने भएको साल्ट ट्ेरडिङ कर्पोरेशनको सहायक महाप्रबन्धक पाण्डेले बताए ।
उनले नेपाल भारत सीमासँग जोडिएका बस्ती र ग्रामीण भेगका बजार, विद्यालय, स्वास्थ्य चौकी, गाउँपालिका, नगरपालिका, आमा समूहहरूमा आयोडिनयुक्त नूनको प्रयोग र यसको कमीबाट हुने रोगका बारेमा जनचेतना जगाउने कार्यक्रम सञ्चालन गरिने बताए ।
यस वर्षदेखि साल्ट्ेरडिङले ग्रामीण भेगमा नूनको पहुँच पुर्‍याउन डिलरहरूको विस्तार गर्ने लक्ष्य रहेको छ ।
जनस्वास्थ्यसँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी कार्यक्रमलाई प्रभावकारी बनाउने समेत सहायक महाप्रबन्धक पाण्डेले बताए । उनका अनुसार विगतका वर्षमा सीमावर्ती क्षेत्रबाट गुणस्तरहीन नून भित्रिने गरेको भए पनि अहिले निकै नियन्त्रण भएको छ ।
त्यस्तै, विगतमा प्रदेश नम्बर ७ मा ढिके नूनको बढी प्रयोग हुने गरेकोमा अहिले नूनको सहज पहुँचसँगै यसको प्रयोगमा निकै कम भएको देखिन्छ । यस प्रदेशमा आयोडिनयुक्त नूनको प्रयोग ८० प्रतिशत भन्दा बढी तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार