२२ बैशाख २०८१, शनिबार

प्रदेशको समृद्धिको मेरो एउटा सपना छ



प्रदेश सभामा नेपाली काँग्रेस अल्पमतमा छौं । त्यसैले पनि हाम्रा सामु अझ बढी चुनौति छन् । जनताका सामु हामीले प्रस्तुत गरेका प्रतिवद्धता पुरा गर्ने चुनौति छ । तर पनि हामी सबैसँग समन्वय गरेर यो प्रदेशको आर्थिक समृद्धिमा जुट्ने छौं ।
अहिले तत्कालका लागि प्रदेश राजधानीको मुद्दामा आन्दोलन भइरहेको छ । अब डोटीमा बनाए, कैलाली कराउने, कैलाली बनाए अरू ठाउँ कराउने अवस्था छ ।

दिव्यश्वरी शाह
प्रदेश सभा सदस्य, कैलाली

राजधानी त एक ठाउँ हुने हो । अहिले धनगढीमा अस्थायी मुकाम छ, अर्को ठाउँमा स्थायी बनाउदा फेरि आन्दोलन हुदैन भन्ने कसले ग्यारेन्टी गर्ने ? अरू प्रदेशमा पनि यस्तै भइरहेको छ । केही दिनमा साम्य होला जस्तो लाग्छ मलाई । प्रदेशको राजधानी कैलाली बनाउनु उपयुक्त हुन्छ ।
मूख्य कुरा प्रदेशको समृद्धि नै हो । मैले आफ्नो मनमा ७ नम्बर प्रदेशको समृद्धिको नक्सा कोरेको छु । कति सफल हुन्छु, कति विफल अहिले भन्न सक्दिन । तर, एउटा सपना, एउटा कल्पना गरेकी छु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार