१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीले क्यालेण्डर पल्टाउनुलाई विकास मान्नुहुन्छ ?



डा. तारा जोशी बामपन्थी आन्दोलनमा चिरपरिचित नाम हो । ४६ वर्षअघि डडेल्धुरा जिल्लामा जन्मनु भएका जोशी १३ वर्षको उमेरदेखि राजनीतिमा संलग्न हुादै आउनु भएको छ । २६ वर्षको उमेरमा एमाले डडेल्धुराको पार्टी प्रमुख सचिव भएका जोशी ०६९ सालदेखि फेरि पार्टी प्रमुख जिल्ला अध्यक्ष हुनुहुन्छ । साधारण खालको जीवन बिताउने र निष्ठाको राजनीति रुचाउने वौद्धिक व्यक्तित्व मानिने जोशी इमान्दार, लगनशिल र प्रखर वक्ता समेत हुनुहुन्छ ।
परिवर्तनको महत्त्वपूर्ण औजार नै राजनीति हो भन्ने लागेकोले नै राजनीतिमा लागेको बताउनुहुने जोशी कम्युनिष्ट पार्टीको माध्यमबाट सामाजिक र आर्थिक असमानता समाप्त हुने र पूर्ण लोकतन्त्र आउने विश्वास गर्नुहुन्छ । प्रस्तुत छ, यसपाली डडेल्धुराको प्रदेश नम्बर २ बाट उम्मेदवार हुनुभएका जोशीसंग चुनाव केन्द्रीत भएर गरिएको कुराकानीको सारसंक्षेप:
– चुनाव नजिकिदै छ, मतदाताको प्रतिक्रिया कस्तो पाउनु भएको छ र मतदाताले तपाईबाट के अपेक्षा गरेका छन् ?
मतदाता चुनावका लागि उत्साहित भएका छन् । सरकारले पनि मतदानका लागि प्रशिक्षण कार्यक्रम गरिरहेको छ भने हामीहरूले पनि मतदातालाई प्रशिक्षण दिइरहेका छौं । यसपाली जनताले खासगरी एजेण्डा खोजेका छन् । अहिले कसले के गर्न सक्छ भन्ने कुराको वहस भएको छ । पुरानो चुनावभन्दा यस बेलाको चुनाव फरक हुादैछ । पुरानो चुनावमा स्थानीय विकासका मुद्दाहरू कम भेटिएका थिए भने जनताले अहिले स्थानीय विकास खोजिरहेका छन् । अहिले जनताले व्यक्तिगत लाभभन्दा सामुहिक लाभ हेरेको छन्, राष्ट्रिय लाभ हेरेका छन् ।

– तपाईका चुनावी एजेण्डा के हुन ?
विकास निर्माण, अर्थतन्त्र मुख्य सवाल हुन । मैले लामो समयदेखि गर्दै आइरहेको प्रदेश नम्बर ७ को अर्थतन्त्रको दिगो आधार बनाउन संरचनाहरू बनाउनु र दिगो विकास गरेर ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा यो क्षेत्रको विकास गर्ने कुरा उठाउादै आएको छु । । खास गरी यहाँ रहेका स्रोतहरूको दोहन गरी उद्योगधन्दा स्थापना मात्रै होइन उद्योगको सञ्जाल निर्माण गरेर यहााका उत्पादन वितरण गरेर रोजगार सिर्जना गर्नुपर्छ भन्ने मेरो धारणा हो । मेरो एजेण्डाप्रति जनता निकै सकारात्मक छन् । दिगो विकास र दूरदृश्टिको एजेण्डा जनताले चाहेका छन् । अहिले आश्वयकता पनि यहि हो ।

डा. तारा जोशी
डडेल्धुरा, प्रदेशसभा २ का उम्मेदवार

– प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ सालदेखि डडेल्धुराबाट जित्दै आउनु भएको छ, त्यसैले विकास त धेरै भएको होला ?
म प्रष्टसाग भन्छु, प्रधानमन्त्रीलाई विकास भन्ने कुरा थाहा छैन । विकास कसरी गर्नुपर्छ भन्ने उहाालाई थाहा छैन । उहााले क्यालेण्डर पल्टाउनुलाई विकास भएको भन्नुहुन्छ भने त्यो विकास भएको छ, नत्र केही विकास भएको छैन । नत्र २६ वर्षसम्म जनप्रतिनिधि त्यसमा पनि चारपटक प्रधानमन्त्री हुादा यो जिल्ला मात्रै होइन्, सुदूरपश्चिम नै कायापलट हुन्थ्यो होला ।

– तपाईको क्षेत्रमा बाम एकताले कत्तिको फाइदा भएको छ ?
बाम एकताले मतदाता र कार्यकर्तालाई उत्साहित बनाएको छ । यहाा मलाई बामपन्थीको मात्रै होइन जनताको साझा उम्मेदवारका रूपमा उभ्याइएकोले पनि म उत्साहित भएको छु ।

– प्रधानमन्त्री र उहाँको पार्टी कांग्रेसले चुनावमा धेरै खर्च गरिरहेका छन् भन्ने चर्चा छ, तपाईले कतिको खर्च गरिरहनु भएको छ ?
म कतिको खर्च गर्छु भन्ने बारे जनतालाई थाहा छ । मेरो स्थिति के छ र म के गर्नु सक्छु भन्ने पनि जनतालाई थाहा छ । म के निष्ठा बोकेर हिडेको छु जनतालाई त्यो थाहा, म खर्चमा विश्वास गर्दैन् । पहिलेका उम्मेदवारहरूले खर्च गरेर जित्दै आउनु भएको छ । म त्यसको विरुद्धमा पहिलेदेखि नै लागेको छु । चुनावमा गरिने खर्चले राजनीतिलाई गलत दिशामा लगिरहेछ भन्ने जनतालाई पनि थाहा छ । प्रधानमन्त्री देउवाले ०४८ सालदेखि नै चुनावमा खर्च गर्ने परिपाटीको विकास गर्नु भएको छ, मैले त्यसको विरोध गरिरहेको छु, त्यो कुरा जनतालाई थाहा छ ।

– अन्त्यमा मतदातालाई केही भन्नु छ कि ?
म जित्छु भन्नेमा विश्वस्त छु, किनकि यहाा ग्रामीण क्षेत्रमा जुन चर्चा परिचर्चा भइरहेको छ त्यसको निर्विकल्प उम्मेदवार म नै हुा । यहााका कायकर्ता उत्साहित छन्, जनता आमसभामा उत्साहका साथ आइरहेका छन् । र, मैले अगाडि नै भने म बाम गठबन्धनको मात्र होइन् कि यहााका जनताको साझा उम्मेदवार हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार