१० श्रावण २०८१, बिहीबार

कञ्चनपुरमा एमालेको उम्मेदवार परिवर्तन



धनगढी । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार बनाइयो भनेर चर्चामा ल्याइएकी एक नेतृको नाम अन्तिममा आएर हटाइएको छ ।
एमालेले कञ्चनपुर जिल्लाको क्षेत्र नम्वर १ अन्तर्गत प्रदश नम्वर २ कि उम्मेदवार मर्यादा विष्टलाई हटाएर पार्टी सचिवालय सदस्य कुलवीर चौधरीलाई उम्मेदवार बनाइएको छ । चौधरीले नै एमालेको तर्फबाट मनोनयन दर्ता गरेका छन् ।
अनेरास्ववियूकी केन्द्रीय सचिवालय सदस्य विष्टको ठाउँमा उम्मेदवार भएका चौधरी तत्कालीन लक्ष्मीपुर गाविसबाट ०५४ मा निर्वाचित गाविस अध्यक्ष समेत हुन । विष्ट प्रक्रियाबाट उम्मेदवार नभएको भन्दै असन्तुष्टी भएपछि चौधरीलाई उम्मेदवार वनाइएको एमाले स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार