५ जेष्ठ २०८१, शनिबार

मुम्बइमा भवन भत्किँदा १९ काे मृत्यु १२ अाइते



हिन्दुस्तान टाइम्स ।

मुम्बई । भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइकाे जेजे मार्गमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा १९ जनाकाे मृत्यु भएकाे छ भने १२ अाइते भएका छन् । करिब ३५ जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका छन् ।
महाराष्ट मुख्यमंत्री देवेंद्र फडणवीसले घटनामा परि मृत्यु भएका परिवारलार्इ पाँच लाख दिने घाेषणा गरेकाे छ ।
मुम्बइको भिंडी बाजार बजार इलाकाकै चार तल्ले भवन बिहीबार बिहान ८:४० मा भत्किएको थियो ।
मुम्बइमा दुई दिनदेखि भारी बर्षा जारी रहेको छ । सो बर्षाका कारण पनि उक्त भवन भत्किएको अनुमान गरिएको छ ।
अहिलेसम्म १२ जनाकाे उद्धार गरिएकाे छ त्यसमध्ये पाँच जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

(अमर उजाला)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार