२२ बैशाख २०८१, शनिबार

कसरी, किन र कसलाई हुन्छ हेपटाइटिस-‘सि’



कलेजो सम्बन्धी रोग हो, हेपाटाइटीस ‘सी’ । जब हेपटाइटिस सिको संक्रमण हुन्छ, त्यसले कलेजोमा क्षति पुर्‍याउँछ । तर, सुरुवती अवस्थामा यसको लक्षण थाहा पाउन सकिदैन । त्यही कारण समस्या जटिल भएपछि मात्र उपचार थाल्नुपर्ने वाध्यता हुनसक्छ । जब हाम्रो कलेजो कमजोर हुन्छ, हेपटाइटिस सिको भय हुन्छ । यो अनेक कारणले हुनसक्छ । त्यसका कारण थाहा पाउने हो भने, बेलामै सर्तक हुन सकिन्छ ।

किन हुन्छ ?
१. अत्याधिक तेल भएको, मसालायुक्त खाना सेवन गर्दा कलेजोले पचाउन सक्दैन । अमिलो , पिरो तथा मसलेदार खाना, बेसन तथा मैदायुक्त तथा बनस्पती घिउ सेवन गर्दा त्यसलो पाचन यन्त्रमा अतिरिक्त भार थप्त । यसले कलेजोको कार्यक्षमता कमजोर बनाउँछ ।
२. हामीले खाने कतिपय खानेकुरा यस्ता हुन्छन्, जसलाई पचाउन धेरै समय लाग्छ । यसरी पचाउनै गाह्रो हुने खानेकुराले पनि कलेजोमा असर गर्छ ।
३. धुमपान, मदिरा, मासुजन्य भोजन कलेजोका लागि अनुकुल हुँदैन । यसले कलेजोको कार्य क्षमतामा असर गर्छ । कलेजो सुन्निनुको एउटा कारण पनि हो यो ।
४. हामीले सेवन गरेको औषधी सोझै कलेजोले पचाउनुपर्ने हुन्छ । यदि हामी धेरै औषधी सेवन गर्छौ भने त्यसले कलेजोलाई अतिरिक्त भार पर्न जान्छ । जसले कलेजोलाई कमजोर बनाउँछ ।

कसरी थाहा पाउने ?
१. भोक कम लाग्नु वा खान मन नलाग्नु,
२. सामान्य अवस्थामा पनि थकान महसुस हुनु,
३. पेट दुख्नु,
४. अनुहार पहेलो हुनु,
५. हल्का ज्वरो आउनु तथा जिउ चिलाउनु ।

रगत जाँच गरेर तथा लक्षण पहिचान गरेर पनि हेपाइटीस सी भए, नभएको थाहा पाउन सकिन्छ । यदी हेपाटाइटिस भएको थाहा भएमा चिकित्सकसित परामर्श आवश्यक छ ।

के हुन्छ असर ?
हेपाटाइटीस सीको समयमै उपचार नगरेको खण्डमा यसले मानिसलाई दीर्घकालीन असर पुर्‍याउन सक्दछ । हेपाटाइटीस सी भएका मध्य करिब ७५ देखि ८५ प्रतिशत मानिसलाई कडा प्रकारको संक्रमण हुने गर्छ । जसले कलेजो खराब गर्ने मात्र नभई कलेजोको क्यान्सर, लिभर सिरोसिस समेत हुनसक्छ । जसले गर्दा मानिसलाई कलेजो प्रत्यापोपण गर्नु पर्ने अवस्था समेत सिर्जना हुनसक्छ ।

के छ उपचार विधी ?
हेपाटाइटीस ‘सी’को उपचार विभिन्न तरीकाबाट गर्न सक्छ । घरेलु उपचारद्धारा पनि यसको निदान खोज्न सकिन्छ ।

१. तुलसीको पत्ताको पेस्ट बनाएर यसलाई उखुको जुससित खान दिएमा पनि फाइदा हुन्छ । यसको लागि विरामीले १५ देखि २० दिनसम्म यो जुसको सेवन गर्न आवश्यक छ ।
२. महको साथमा थोरै कपुर मिसाएर खानु पनि यस्ता विरामीको लागि फाइदाजनक छ । तर त्यसको लागि कपुको मात्रा निकै थोरै हुनुपर्छ ।
३. हरियो धनियालाई मसिनो काटेर त्यसमा ८-१० तुलसीको पत्ता मिसाएर करिब चार लिटर पानीमा यसलाई उमाल्नुस् । यसलाई तबसम्म उमाल्नुपर्छ, जबसम्म उक्त पानी एक लिटर बराबर हुँदैन । अब उक्त घोललाई चिसो बनाएर दिनमा २-३ पटक यसकेा सेवन गर्नुहोस् ।
४. आफ्नो खानामा कागती, अलैची, बदाम, किशमिस, अमला , पालुुंगो, टमाटरबाहेक अन्य कुरालाई समावेश गरौ ।
५. सकिन्छ भने केही दिन सिर्फ फलफुल तथा ज्यादा मात्रामा पानीको सेवन गरौ ।
६. तुलसीको पत्तालाई पिनेर मुलाको रससित खानाले पनि फाइदा हुुन्छ ।
७. फास्टफुड तथा जंक फुडबाट टाढै बसौ ।
८. बच्चालाई हेपाटाइटीसबाट बचाउन विभिन्न खोप लगाउन सकिन्छ ।
९. हेपाइटिस संक्रमित सुई, औजार, लगायतको प्रयोगले अर्को व्यक्तिलाई समेत संक्रमित गर्न सक्ने हुदाँ यसबारे विशेष सजग रहन आवश्यक छ ।
१०. त्यस्तै, संक्रमित व्यक्तिसित नजिक बस्दा, उसले प्रयोग गरेको खानेकुरा खादाँ वा उसले प्रयोग गरेको सामान चलाउदा विशेष सजगता अपनाउन जरुरी छ ।

(अनलाइनखबर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार