२३ बैशाख २०८१, आईतवार

लम्कीचुहा हाम्रो किल्ला हो



महादेव बजगाई
मेयरका उम्मेदवार
टीका थापा
उपमेयरको उम्मेदवार

लम्की चुहा नगरपालिका निक्कै सम्भावना भएको नगरपालिका हो । यो जनघनत्व, पर्यटकीय र प्राकृतिक स्रोत साधनले सम्पन्न नगर हो । तर शिक्षा, स्वास्थ्य, रोजगारीमा विशेष ध्यान दिनु जरुरी छ । हरेक वर्ष नदी कटानी हुँदा खेतीयोग्य जमिन वगरमा परिणत भइरहेका छन् । वर्षोदेखि वस्दै आएका, खेतीपाती लाउ“दै गरेका जनतासंग लालपूर्जा नहुनु एउटा समस्या हो ।
स्थानीय तहको चुनावको सवालमा कुरा गर्दा पहिलेका बलिया, प्रतापपुर, चुहा जोडिएर बनेको यो नगरमा नेकपा (एमाले) विगतदेखि नै बलियो हो । एक हिसावले भन्ने हो भने यो हाम्रो किल्ला हो । किल्ला भए पनि हामी मेहनत गरेर चुनावी अभियानमा छौ । थारू समूदायको राम्रो उपस्थिति रहेको यो नगरमा एमालेमाथि अनेकौ आरोप लगाइए पनि हामी त्यस्ता भ्रम र आरोप चिर्न सफल भएका छौं । थारु समूदायकै केवालाल चौधरी जस्ता प्रतापपुरका पूर्व गाविस अध्यक्षहरू भ्रम चिर्न लाग्नु भएकोले पनि एमालेलाई दिनानुदिन सजिलो हुँदै गएको छ । शुरुदेखि नै अरु दलको भन्दा हाम्रा घरदैलो कार्यक्रम प्रभावकारी देखिएका छन् । हामीले यो विचमा सवै घर दैलोमा आफ्नो अभियान पुगाएका छौं । एमालेका केन्द्रीय उपाध्यक्ष तथा सात नम्वर प्रदेशका संयोजक भीम रावलको उपस्थितिमा भव्य सभा गरिसकेका छौं ।
दोस्रो एमालेको देशव्यापी लहर र देशभक्तिपूर्ण आन्दोलन पनि हाम्रो जीतको आधार वनेको छ । हामी दुवै जना मेयर र उपमेयरका उम्मेदवार जनतासंग जोडिदै आएकोले पनि जनताको मन जित्न सजिलो भएको हो । हामीले वडाका उम्मेदवार पनि निक्कै समावेशी ढंगले उठाउन सक्नु पनि जीतको अर्को आधार हो ।
हामीले अघि सारेका विकास, निर्माणका योजना पनि मतदाताले रुचाएका छन् । हामीले कृषिलाई आधुनिक बनाउे भनेका छौं । रानीजमरा सिंचाई योजनाको काम तीब्र बनाएर सिंचाईं सुविधा पुगाउने छौं । चोरी, रोरा, धुपेनी, पथरैया, चरेला नदी कटान रोक्न प्रभावकारी रूपमा तटवन्ध निर्माण गरेर हरित मार्ग वनाउने छौं । पर्ति जग्गाको लालपूर्जा दिलाउने छौं । बलिया, कौवापुर, चौरी र प्रतापपुरका योजना सञ्चालन गरेर कर्णालीको पानी ल्याई २४ सै घण्टा शुद्ध खानेपानीको वितरण गर्नेछौं । कृषि रोड व्यवस्थित गर्ने, विभिन्न ठाउँमा पक्की पुल वनाउने, १० वटै वडामा नगर बस चलाउन चक्रपथ वनाउने कार्यक्रम छन् ।
महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य सेवाका साथै दलित, सुकम्वासी लगायतका पछि परेका समूदायका बालबालिकालाई शिक्षामा आर्कषित गर्न ल्यापटप प्रदान गर्ने कार्यक्रम ल्याइने छ ।
विपन्नलाई रासन कार्ड वितरण गरेर प्रत्येक वडामा सुपथ साझा सहकारी पसल स्थापना, नगर गुरुयोजना निर्माण, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन, कृषक पेन्सन कार्यक्रम, दश किसान एक ट्यूवेल कार्यक्रम सञ्चालन गर्ने, कोल्डस्टोर स्थापना, कृषकलाई अनुदान, विउविजन केन्द्र स्थापना, कृषि उत्पादन संकलन केन्द्र स्थापना अरु केही कार्यक्रम हुन् ।
त्यस्तै, सामूदायिक विद्यालयलाई व्यवस्थित गरेर गुणस्तरीय शिक्षा, प्रत्येक विद्यालयमा कम्प्युटर शिक्षाको प्रबन्ध, सामूदायिक विद्यालयमा प्राविधिक र सीपमुलक शिक्षालयको व्यवस्था, प्राविधिक शिक्षामा छात्रालाई ५० प्रतिशत आरक्षण, सामुदायिक पुस्तकालय, थारूभाषामा पठनपाठन, बालबालिका र युवालाई विभिन्न कुलतबाट मुक्त बनाउने शैक्षिक कार्यक्रम हाम्रा शैक्षिक कार्यक्र म हुन् । त्यस्तै, नगरमा एफएम रेडियो र टेलिभिजन सञ्चालन गर्नेछौं ।
संकिर्ण, जातिवादी, क्षेत्रीयतावादी प्रवृति र विखण्डनको प्रयासलाई परास्त गर्दे सामाजिक सद्भाव र एकतालाई सुदृढ गर्दै सुखी नगरवासी र समृद्ध नगर हाम्रो लक्ष्य हो । हामी पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सडक र चेनतामूलक कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउने छौं । कर्णाली चिसापानी, र राजका“डालाई पर्यटकीय गन्तव्यका रुपमा अघि वढाउने छौं । चिसापानीमा मूल प्रवेशद्वार निर्माण, ¥याफ्टीङ प्रवद्र्धन, आमपानी लगायतका क्षेत्रमा वनभोज स्थल, चिसापानी–राजका“डामा केवुलकार सञ्चालन, बल्चौरमा होमस्टे, धार्मिक र सांस्कृतिक क्षेत्रको व्यवस्थापन हाम्रा कार्यक्रम हुन् ।
त्यस्तै चिसापानीमा विद्युतिय शवगृह निर्माण गर्नेछौं ।
लोडसेडिङ घटाउन दुईवटा ट्रान्सफर्मरको व्यवस्था गरिने छ । विभिन्न जात, धर्म र संस्कृतीको जर्गेना गर्न संग्रहालयहरू वनाइने छ । एक घर एक रोजगारी कार्यक्रम लागू गर्ने, विपन्न, असहाय, एकल महिला, अपांग र वृद्धवृद्धाको भत्ता बद्धि गरिने छ । अलपत्र परेकाका लागि आवास गृह, टोलटोलमा स्वास्थ्य केन्द्र र नगरमा एक अत्याधुनिक अस्पताल स्थपना गरिने छ । डुडेझारीमा औधोगिक क्षेत्र वनाउने छौं । चुहाको सुगरमील सञ्चालन गर्न पहल गरिने छ । प्रतापपुर र चुहामा व्यवस्थित बजार वनाउने, जनताको कर जनताकै विकास र भ्रष्टाचारमुक्त नगर वनाउने छौं । यी योजना अनुसार काम गर्न सक्यौ भने अर्कोपटक यो क्षेत्रलाई उपमहानगरपालिकामा लैजानका लागि पूर्वाधार तयार हुनेछ ।

(ईअनुमोदनका लागि सम्पादक प्रकाशिविक्रम शाहले गरेको कुराकानीका आधारित)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार