१० श्रावण २०८१, बिहीबार

स्थानीय तह निर्वाचन : एमाले र कांग्रेस समान माओवादी केन्द्र तेस्रो स्थानमा



काठमाडौं । बैशाख ३१ गते भएको स्थानीय तह पहिलो चरणको निर्वाचनको मतगणनाअनुसार बुधबार रातिसम्म नेकपा (एमाले) र नेपाली कांग्रेस समान अगाडि रहेका छन् भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।
बुधबार राति ११ बजेसम्मको मतगणना परिणामअनुसार एमाले र कांग्रेस ५१/५१ स्थानमा विजयी भएका छन् भने माओवादी केन्द्र २२ स्थानमा विजय भएको छ । त्यस्तै, स्वतन्त्र तीन तथा राप्रपा एक स्थानमा विजय भएको छ ।
मतगणना परिणामअनुसार अनुसार एमाले ५०, कांग्रेस ५४, माओवादी केन्द्र १५, स्वतन्त्र १५, राप्रपा सात स्थानमा अगाडि रहेको छ ।
महानगरपालिकामा भने चारवटै स्थानमा एमाले अग्र स्थानमा रहेको छ ।
काठमाडौं महानगरपालिका स्थानीय तहको निर्वाचनमा मेयरको बुधबारको मत परिणामअनुसार एमालेका विद्या सुन्दर शाक्य २१४८, नेपाली कांग्रेकाका राजुराज जोशीले १३३४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसमा हरिप्रभा जोशी खड्गी १५५४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ १०३८ मत पाएका छन् ।
त्यस्तै, ललितपुर महानगरपालिकाको मेयर एमालेका हरिकृष्ण व्यञ्जनकार ८६९५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चिरीबाबु महर्जन ८५५८ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका गीता सत्याल ५७७३ मत र साझा पार्टीका शोभा शाक्य ४०१५ प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकामा मेयर एमालेकै देवी ज्ञवाली ५२१७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका रेणु दाहाल ३५३९ मत पाएकि छन् । उपमेयरमा एमालेका दिव्य आचार्य ४३५४ र कांग्रेसका पार्वती शाहले ४३४६ मत पाएका छन् ।
पोखरा महानगरपालिकामा मेयरमा एमालेका मानबहादुर जिसी ५९९४ मत प्राप्त गरेका छन् भने नेपालीका कांग्रेसका रामजी कुँवर ५६८१ मत पाएका छन् । उपमेयरमा एमालेकै मञ्जुदेवी गुरुङ ५५८७ मत र कांग्रेसका सरस्वती गुरुङ ५०६४ मत पाएका छन् ।
स्थानीय तह निर्वाचनमा मतगणना जारी छ । विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने धेरैको आउने क्रममा छ । हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि पछि छ ।

हेर्नुहोस् कुन पार्टीले कहाँ जितेका छन्
एमालेले विजय हासिल गरेका स्थानहरू:
१. जाजरकोट, शिवालय गाउँपालिका: नरेन्द्रकुमार शाही
२. डोल्पा, ठूलीभेरी नगरपालिका: गणेशबहादुर शाही
३. डोल्पा, शेफोक्शुण्डो गाउँपालिका: तसी तुन्डुक गुरुङ
४. डोल्पा, काइके गाउँपालिका: अंगद राना
५. मनाङ, नेस्याङ गाउँपालिका: कान्छा घले
६. मनाङ, चामे गाउँपालिका: लोकेन्द्रबहादुर घले
७. मुस्ताङ, घरपझोङ गाउँपालिका: आशबहादुर गुरूङ
८. कास्की, मादी गाउँपालिका: वेदबहादुर गुरुङ
९. स्याङ्जा, फेदिखोला गाउँपालिका: घनश्याम सुवेदी
१०. तनहुँ, देवघाट गाउँपालिका: दुर्गाबहादुर थापा
११. ललितपुर, महांकाल गाउँपालिका: रामचन्द्र दाहाल
१२. सल्यान, ढोरचौर गाउँपालिका: चित्रबहादुर चलाउने
१३. रसुवा, गोसाइकुण्ड गाउँपालिका: कैसाङनुर्पु तामाङ
१४. दैलेख, नारायण नगरपालिका: रत्नबहादुर खड्का
१५. कास्की, रूपा गाउँपालिका: नवराज ओझा
१६. पर्वत, महाशिला गाउँपालिका: राजु पौडेल
१७. स्याङ्जा, हरिनास गाउँपालिका: खिलनारायण मानन्धर
१८. जुम्ला, तिला गाउँपालिका: रतननाथ योगी
१९. जाजरकोट, भेरी नगरपालिका: सीपी घर्ती
२०. हुम्ला, अदानचुली गाउँपालिका: दलु फडेरा
२१. कास्की, माछापुच्छ्रे गाउँपालिका: कर्णबहादुर गुरुङ
२२. स्याङ्जा, आँधिखोला गाउँपालिका: सुधिर पौडेल
२३. डोल्पा, त्रिपुरा सुन्दरी नगरपालिका: ओमबहादुर बुढा
२४. रसुवा, कालिका गाउँपालिका: सीताकुमारी पौडेल
२५. दोलखा, जिरी नगरपालिका: टंक जिरेल
२६. मकवानपुर, मकवानपुरगढी गाउँपालिका: विदुर हुमागार्इं
२७. दैलेख, भैरवी गाउँपालिका: प्रेमबहादुर बुढा
२८. दैलेख, महाबु गाउँपालिका: जंगबहादुर शाही
२९. रामेछाप, गोकुलगंगा गाउँपालिका: खड्गबहादुर सुनुवार
३०. रामेछाप, उमाकुण्ड गाउँपालिका: शेरबुहादुर सुनुवार
३१. सिन्धुपाल्चोक, लिसंखुपाखा: कमल नेपाल
३२. मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका: जीवन लामा
३३. धादिङ, सिद्धलेक गाउँपालिका: प्रमेनाथ सिलवाल
३४. मकवानपुर, कैलाश गाउँपालिका: टंक मोक्तान
३५. कास्की, माछापुच्छ्रे गाउँपालिका: सूर्यप्रसाद लम्साल
३६. दैलेख, ठाँटीकाँध गाप: धिरबहादुर शाही विजयी
३७. धादिङ, धुनिवेसी गाउँपालिका: बालकृष्ण आचार्य
३८. पर्वत, फलेबास नगरपालिका: पदमपाणी शर्मा
३९. सिन्धुली, फिक्कल गाप: धन कार्की
४०. दैलेख, चामुण्डा—बिन्द्रासैनी नगरपालिका: सूर्यबहादुर शाही
४१. बागलुङ, काठेखोला गाउँपालिका: अम्मरबहादुर थापा
४२. काभ्रे, खानीखोला गाउँपालिका: कृष्णबहादुर खुलाल
४३. काठमाडौं, शंखरापुर नगरपालिका: सुवर्ण श्रेष्ठ
४४. धादिङ, थाक्रे गाउँपालिका: रामकुमार आचार्य
४५. तनहुा, घिरीङ गाउँपालिका: रणबहादुर राना
४६. सिन्धुपाल्चोक, बलेफी गाउँपालिका: केदार क्षेत्री
४७. सल्यान, कपुरकोट गाउँपालिका: भिमबहादुर सेन
४८. कालिकोट, खाँडाचक्र नगरपालिका: जशिप्रसाद पाण्डे
४९. धादिङ, नेत्रावती गाउँपालिका: दुर्गाकुमार शाक्य
५०. लमजुङ, मस्र्याङ्दी गाउँपालिका: अर्जुन गुरुङ
५१. म्याग्दी, धौलागिरी गाउँपालिका: थम्सरा पुन
कांग्रेसले विजय हासिल गरेका स्थानहरू:
१. नवलपरासी, बुङ्दीकाली गाउँपालिका: दुर्गाबहादुर राना
२. बागलुङ, तमानखोला गाउँपालिका: जोकलाल बुढा
३. मनाङ, नार्फु गाउँपालिका: मिङ्मा छिरीङ लामा (निर्विरोध)
४. मनाङ, नोशाङ गाउँपालिका: चन्द्र घले
५. मुस्ताङ, थाकसाङ गाउँपालिका: बुद्धिप्रसाद शेरचन
६. जाजरकोट, कुशे गाउँपालिका: हरिश्चन्द्र बस्नेत
७. मुस्ताङ, लोमान्थाङ गाउँपालिका: सुवर्णकुमार विष्ट
८. मुस्ताङ, बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिका: फेन्चोक छेप्तेन गुरुङ
९. दैलेख, ढुंगेश्वर गाउँपालिका: नगेन्द्रबहादुर मल्ल
१०. जुम्ला, पातारासी गाउँपालिका: लक्ष्मण बोहरा
११. जुम्ला, सिंजा गाउँपालिका: देवलसिंह रावल
१२. गोरखा, चुमनुब्री गाउँपालिका: धनबहादुर गुरुङ
१३. नवलपरासी, विनयी त्रिवेणी गाउँपालिका: डम्बरबहादुर जिसी
१४. पर्वत, पैंयू गाउँपालिका: खगेन्द्रप्रसाद तिवारी
१५. सल्यान, त्रिवेणी गाउँपालिका: मानबहादुर डाँगी
१६. रसुवा, उत्तरगया गाउँपालिका: उपेन्द्र लम्साल
१७. जाजरकोट, बारेकोट गाउँपालिका: महेन्द्र शाही
१८. लमजुङ, मध्यनेपाल नगरपालिका: रमेशराज पाण्डे
१९. काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिका: प्रेमबहादुर तिमिल्सिना
२०. जुम्ला, कनकासुन्दरी गाउँपालिका: नरवीर रावत
२१. मुगु, कार्मारोंग गाउँपालिका: छिरिङ क्याप्ने
२२. नवलपरासी, हुप्सिकोट गाउँपालिका: लक्ष्मी पाण्डे
२३. नवलपरासी, बुलिङटार गाउँपालिका: शशी वास्ताकोटी
२४. नुवाकोट, किस्पाङ गाउँपालिका: छत्रबहादुर लामा
२५. सिन्धुली, घ्याङलेख गाउँपालिका: जगतबहादुर भोलान
२६. हुम्ला, सिमीकोट गाउँपालिका: पदमबहादुर लामा
२७. सुर्खेत, चिङगाड गाउँपालिका: देवबहादुर चन्द
२८. कास्की, अन्नपूर्ण गाउँपालिका: युवराज कुँवर
२९. बागलुङ, गलकोट नगरपालिका: भरत शर्मा गैरे
३०. म्याग्दी, बेनी नगरपालिका: हरिकुमार श्रेष्ठ
३१. नुवाकोट, तादी गाउँपालिका: नारायण पाण्डे
३२. गोरखा, गण्डकी गाउँपालिका: होमबहादुर राना
३३. काभ्रे, तेमाल गाउँपालिका: सलामसिंह लामा
३४. म्याग्दी मालिका गाउँपालिका: श्रीप्रसाद रोका
३५. दोलखा, वैत्यश्वर गाउँपालिका: छवि लामा
३६. तनहुँ, आबुखैरनी गाउँपालिका: गिरबहादुर थापा
३७. धादिङ, खनियाबास गाउँपालिका: रणबहादुर तामाङ
३८. लमजुङ, दुधपोखरी गाउँपालिका: छुपीमाया गुरुङ
३९. चितवन इच्छाकामना गाउँपालिका: गीता गुरुङ
४०. सल्यान, छत्रेश्वरी गाउँपालिका: सन्तोस केसी
४१. म्याग्दी, अन्नपूर्ण गाउँपालिका: डमबहादुर गर्वुजा पुन
४२. सुर्खेत, बराहताल गाउँपालिका: तेजबहादुर बस्नेत
४३. गोरखा, अजिरकोट गाउँपालिका: फणिन्द्र धिताल
४४. गोरखा, सिरानचोक गाउँपालिका: राजु गुरुङ
४५. तनहुँ, ऋसिङ गाउँपालिका: राजेन्द्रकृष्ण श्रेष्ठ
४६. स्याङ्जा, चापाकोट नगरपालिका: शिवकुमार गिरी
४७. सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका: निमाग्याल्जेन शेर्पा
४८. जुम्ला, चन्दननाथ नगरपालिका: कान्तिका सेजुवाल
४९. ललितपुर, बागमती नगरपालिका: वीरबहादुर लोप्चन
५०. नवलपरासी, देवचुली नगरपालिका: पूर्णकुमार श्रेष्ठ
५१. काठमाडौं, दक्षिणकाली नगरपालिका: मोहन बस्नेत
माओवादीले विजय हासिल गरेका स्थानहरू:
१. डोल्पा, मुडकेचुला गाउँपालिका: दतबहादुर शाही
२. जगदुल्ला गाउँपालिका: नरसिंह रोकाया
३. जुम्ला, गौठीचौर गाउँपालिका: हरिबहादुर भण्डारी
४. कालिकोट, सान्नि जेवेगी गाउँपालिका: डम्बरबहादुर शाही
५. रुकुम, सानीभेरी गाउँपालिका: नरबहादुर पुन
६. जुम्ला, हिमा गाउँपालिका: राजबहादुर शाही
७. हुम्ला, ताजाकोट गाउँपालिका: बागदल मल्ल
८. सल्यान, दार्मा गाउँपालिका: निमबहादुर केसी
९. सिन्धुली, मरिन ठाकुर गाउँपालिका: पानीराज बम्जन
१०. ललितपुर, कोन्ज्योसोम गाउँपालिका: गोपीलाल स्याङ्तान
११. रुकुम, मुसिकोट नगरपालिका: देवीलाल गौतम
१२. तनहुँ, बन्दीपुर गाउँपालिका: पूर्णसिंह थापा
१३. वागलुङ, ताराखोला गाउँपालिका: प्रकाश घर्ती
१४. रुकुम, बाफिकोट गाउँपालिका: धर्मबहादुर केसी
१५. हुम्ला, चंखेली गाउँपालिका: धनलाल चौंलागाई
१६. रुकुम, त्रिवेणी गाउँपालिका: झक्कुप्रसाद घर्ती
१७. जुम्ला, तातोपानी गाउँपालिका: नवराज न्यौपाने
१८. मकवानपुर, बाग्मती गाउँपालिका: सर्केश घलान
१९. सिन्धुली, हरिहरपुरगढी गाउँपालिका: कार्साङ तामाङ
२०. हुम्ला, नाम्खा गाउँपालिका: विष्णु तामाङ
२१. सल्यान, बागचौर नगरपालिका: लोकमान बुढाथोकी
२२. रुकुम, चौरजहारी नगरपालिका: विशाल शर्मा
स्वतन्त्र:
१. डोल्पा, डोल्पोबुद्ध गाउँपालिका: पेम्बा गुरुङ
२. मुस्ताङ, दालोमे गाउँपालिका: राजु विष्ट
३. डोल्पा, छार्का ताङसोङ गाउँपालिका: सोनाम गरुुङ
राप्रपा: धादिङ, रुबीभ्याली गाउँपालिका: चेरुङ तामाङ
राजमो: बागलुङ, बरेङ गाउँपालिका: कृष्ण पौडेल
नयाँ शक्ति: रसुवा, पार्वतीकुण्ड गाउँपालिका: भुजुङ तामाङ

(साभार: सेतोपाटी अनलाइन)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार