५ जेष्ठ २०८१, शनिबार

एमालले धनगढीबाहेक सबै स्थानीयतहमा उम्मेदवार टुंग्यायो



धनगढी । नेकपा (एमाले)ले कैलाली जिल्लाका सबै स्थानीय तहमा आफ्ना पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाएको छ । कैलालीमा धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख बाहेक सबैको टुंगो लगाएको हो ।
कैलालीमा यसअघि उम्मेदवार छान्न ढिलाई भएका लम्कीचुहा नगरपालिकाबाट प्रमुखमा महादेव बजगाई, उपप्रमुखमा टीकाकुमारी थापालाई उम्मेदवार बनाएको छ । यसैगरी, गोदावरी नगरपालिकाको प्रमुख हरिसिंह सावद र उपप्रमुख रत्ना कठायतलाई बनाउने निर्णय गरेको छ । घोडाघोडी नगरपालिकाको प्रमुखमा ममताप्रसाद चौधरी र उपप्रमुखमा पे्रमकुमारी थापा उम्मेदवार बन्ने भएका छन् । यसअघि घोडाघोडी नगरपालिकामा एमालेका तर्फबाट प्रमुखमा अमर साउँद र उपप्रमुखमा लक्ष्मी चौधरीको चर्चा थियो ।
यसैगरी, टीकापुर नगरपालिकाको प्रमुखमा तपेन्द्र रावल, उपपमुखमा कमला केसी, गौरीगंगा नगरपालिकाको प्रमुखमा भीम देउवा, उपप्रमुखमा अञ्चला चौधरी, भजनी नगरपालिकाका प्रमुखमा प्रदीप मल्ल, उपप्रमुखमा मधुमति चौधरीलाई उम्मेदवार बनाएको छ ।
कैलालीका छ वटै गाउँपालिकाका प्रमुख र उपप्रमुखको टुंगो यसअघि नै लगाइसके पनि सार्वजनिक गरेको छैन । स्रोतका अनुसार बर्दगोरिया गाउँपालिकाको अध्यक्षममा कर्णबहादुर कुँवर, उपाध्यक्षमा सावित्री सापकोटा, जोशीपुर गाउँपालिकाको अध्यक्षमा पे्रमलाल चौधरी, उपाध्यक्षमा गोमा आचार्य, कैलारी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद चौधरी र उपाध्यक्षमा झुमा चौधरी, मोहन्याल गाउँपालिका अध्यक्षमा नवलसिंह रावल र उपाध्यक्षमा पूजा बुढा, चुरे गाउँपालिका अध्यक्षमा धनबहादुर रोक्कामगर र उपाध्यक्षमा दीपकदेवी साउँद, जानकी गाउँपालिका अध्यक्षमा जगत चौधरी र उपप्रमुखमा गंगा थापालाई उम्मेदवार बनाएको छ ।
‘सबै क्षेत्र, भूगोल, समुदाय मिलाउन अधिकतम प्रयास गर्दागर्दै पनि कतिपय आकांक्षीहरू छुटेका छन्’ नेकपा (एमाले) कैलालीका अध्यक्ष दीर्घ सोडारीले भने, ‘पार्टीका तर्फबाट बनेका उम्मेदवारको छिट्टै औपचारिक घोषणा गरिनेछ ।’
जिल्ला कार्यसमितिले पठाएको सूचीमा धनगढी उपमहानगरपालिबाट मेयरका लागि कलावति जोशी, दुर्गाप्रसाद जोशी र यज्ञराज बास्तोलाको नाम रहेको छ भने उपमेयरमा सुशीला बुढाथोकी, रुक्मणि देवकोटा र छाया थापाको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार