२३ बैशाख २०८१, आईतवार

छाउपडी गोठमा जलेकी किशोरीको उपचार हुन सकेन




डोटी ।
डोटीको गाजरीमा छाउपडी गोठमा सुतेको बेला आगोले जलेकी एक किशोरीको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । डोटीको पुर्वीचौकी गाउँपालिका वडा नं. ६ साबिकको गाजरी गाविस वडा नं.४ पालेवनस्थित छाउपडी गोठमा आगोले जलेर घाइते भएकी थिइन् ।
दुई महिना अगाडि महिनावारी हुँदा छाउगोठ न्यानो गर्न बालेको आगोले १६ वर्षिया डम्मरा कुँवरको शरीर जलेको थियो ।
किशोरीका बुवा नरबहादुर कुँवंरका अनुसार उपचारका लागि अछामस्थित बयलपाटा अस्पताल लगिएको भए पनि उपचार हुन सकेन । डाक्टरले थप उपचारका लागि जिल्ला बाहिर ठुलो अस्पतालमा लैजानु पर्ने भने पनि आर्थिक अभावका कारण उपचार हुन सकेन ।
किशोरीको एक हात जलेको छ भने गर्मीले समेत बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार