२ जेष्ठ २०८१, बुधबार

हुण्डाई ग्राण्ड आई–१० को फेसलिफ्ट–२०१७ सार्वजनिक



धनगढी । हुण्डाईले आफ्नो लोकप्रिय कार हुण्डाई ग्राण्ड आई–१० को फेसलिफ्ट–२०१७ कैलाली सहित देशभरिमा सार्वजनिक गरेको छ । साविकको आई–१० को अपग्रेडेड भर्सन यो नयाँ मोडलमा अघिल्लोमा भन्दा स्वरूप र फिचर परिवर्तन गरिएको छ ।
कैलालीमा हुण्डाई गाडीको आधिकारिक विक्रेता दिनेश फोर ह्वीलर्सले धनगढीमा बिहीबार एक कार्यक्रम आयोजना गरी नयाँ ग्राण्ड आई–१० फेसलिफ्ट भर्सन सार्वजनिक गरेको हो ।
दिनेश फोर ह्वीलर्सका कार्यकारी अध्यक्ष श्याम हमालले गाडी अनावरण गरे । यसको सुरुवाती मूल्य नेपाली बजारमा २२ लाख ९६ हजार रुपैयाँ छ भने यसको टप भेरियन्टको मूल्य ३४ लाख ५६ हजार रुपैयाँसम्म तोकिएको छ ।
नयाँ ग्राण्ड आई–१०मा पेट्रोल भर्सनमा एक दशमलव दुई लिटरको पेट्रोल इञ्जिन छ । यसको पावर ८३ पीएस छ । यसमा पाँच स्पीड मेनुअल र चार स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प राखिएको छ । नयाँ ग्राण्ड आई–१० को पेट्रोल मेनुअलमा न्युनतम् १४ किलोमिटर र अधिकतम् १९ प्रतिलिटरको माइलेज दिन्छ ।
पहिलाको जस्तै ग्राण्ड आई–१० छ रङ्गमा उपलब्ध हुनेछ । तर, यसमा वाइन रेडको सट्टा प्यासन रेड राखिएको छ । यो पहिलाको रङ्गभन्दा निकै चम्किलो र स्र्पोटी लुक्ससहितको छ । ग्राण्ड आई–१० सिल्क सिल्भर, ट्वीलाइट ब्लु, स्टार डस्ट, प्योर ह्वाइट र गोल्डेन अरेन्ज कलरको विकल्पलाई कायम राखिएको छ ।
अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी र रियर पार्किङ क्यामेरा पनि यसमा छ । कार पार्किङ गथर्दा अब पछाडिसाइडलाई क्यामेरामार्फत अघि डिस्प्लेमा नै हेर्न सकिन्छ । इन्सपेक्ट अटो डोर लक फिचर्स पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार