१० श्रावण २०८१, बिहीबार

ममतालाई थप १७ लाख सहयोग




कञ्चनपुर । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले स्वर्गीय पत्रकार कर्ण बोहराकी धर्मपत्नी ममता बोहराको उपचारका लागि थप १७ लाख आठ सय ३४ रुपैयाँ हस्तान्तरण गरेको छ ।
शनिवार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले सो रकम हस्तान्तरण गरे । कोषाध्यक्ष गौतमका अनुसार ममताको उपचारका लागि यसअघि महासङ्घले ३ लाख ८८ हजार ३२८ रुपैयाँ सहयोग गरिसकेको छ ।
ममताको उपचारमा रहेका पत्रकार बोहराको मङ्सिर १० गते असामयिक निधन भएपछि महासङ्घले ममताको उपचारमा सहयोग सङ्कलन गर्न बैङ्क खाता सञ्चालन गरेको थियो ।
ममताको उपचारका लागि नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम समन्वय समितिले ४ लाख ६५ हजार ३२५ रुपैयाँ, महासङ्घको कञ्चनपुर शाखाले ५ लाख ५ हजार, बेलायत शाखाले २ लाख ३९ हजार पाँच सय, अमेरिकामा रहेका नेपाली पत्रकाहरूको संस्था नेजाले २ लाख ३६ हजार २३८, भानुभक्त आचार्य क्यानडाले २ लाख रुपैयाँ सङ्कलन गरेर महासङ्घको बैङ्क खातामा पठाएका थिए ।
यस्तै, गरेर पत्रकार महासङ्घको जापान शाखाले ५० हजार, यूरोप शाखाले ३० हजार, नेपाल खेलकुद पत्रकार मञ्चले २८ हजार, महासङ्घको कतार शाखाले १५ हजार रुपैयाँ सङ्कलन गरेर पठाएका थिए ।
कार्यक्रममा कोषाध्यक्ष गौतमले ममताको उपचारमा सहयोग गर्ने सहयोगी मनलाई धन्यवाद दिँदै आवश्यक परे फेरि सहयोग जुटाइन पहल गर्ने बताए ।


सोही अवसरमा स्वर्गीय बोहराद्वारा रचना गरिएका र गायक शिशिर योगीले स्वर दिएको ममता गीति एल्बमको वरिष्ठ पत्रकार नारायण वाग्लेले विमोचन गरे । सो अवसरमा वरिष्ठ पत्रकार वाग्ले, महासङ्घका केन्द्रीय सदस्यद्वय प्रकाशविक्रम शाह, खगेन्द्र पन्त, पत्रकार श्रीराम सिग्देल लगायतले स्वर्गीय पत्रकार बोहराबारे बोलेका थिए ।
कार्यक्रममा गायक योगीले बोहरका गीत गाएका थिए । योगीले गीत गाउदा मञ्चमा वसेकी ममता बोहरा रोइरहेकी थिइन । बोहरा पत्नि ममताले महासङ्घको कञ्चनपुर शाखालाई गीति एल्बम विक्रीवितरण गरेर स्वर्गीय पत्रकार बोहराका नाममा एम्वुलेन्स सञ्चालन गर्ने जिम्मेवारी पनि दिएकी छन् ।

 

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम समन्वय समितिले सञ्चालन गरेको ममता बचाउ फेसबुक अभियानमा सहयोग गर्नेहरूको सूची   सम्बन्धित समाचार

स्कूले बालबालिकाले खाजा खर्च ममतालाई दिए

ममताले नागरिकता पाइन्

ममताको उपचारका लागि थप सहयोग

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार