१० श्रावण २०८१, बिहीबार

हात्तीपाइले रोग विरुद्धको औषधी चैत ५–७ गते खुवाउँदै



धनगढी  ।  नेपाल सरकारले कैलालीसहित देशभरिका ३० जिल्लामा चैत ५ गतेदेखि ७ गतेसम्म हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन गर्ने भएको छ । कैलालीमा यो पाँचौँ चरण हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी ३० जिल्लामा एक करोड पाँच लाख १३ हजार सात सय २६ जनालाई औषधी खुवाउने लक्ष्य लिएको छ । कैलालीमा भने आठ लाख १८ हजार पाँच सय २७ जनसङ्ख्यालाई औषधी खुवाउने लक्ष्य लिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार अभियानलाई सफल पार्न यस जिल्लामा तीन हजार सात सय ९७ भोल्नटियर, हेल्थ एशिष्टेण्ट खुटाईने जानकारी दिए ।
कैलालीमा आर्थिक वर्ष ०७२/०७३ मा एक सय ८३ जना हात्तीपाइले रोगको संक्रमणबाट हातखुुट्टा सुुन्निएको, नौ सय ८४ जना हाइड्रोसिल भएका र ४० जना स्तन तथा अन्य क्षेत्रमा संक्रमण भएका व्यक्ति फेला परेका थिए । तीमध्ये पाँच सय ९७ जना हात्तीपाइलेको संक्रमणबाट हाइड्रोसिल भएका बिरामीलाई टीकापुर र सेती अञ्चल अस्पतालमा उपचार गरिएको थियो ।
हात्तीपाइले रोग ७० भन्दा बढी मुलुकहरूमा पाइएपछि विश्व स्वास्थ्य सङ्गठनले निवारणका लागि जोखिम भएका क्षेत्रमा औषधी खुवाउने, नि:शुल्क उपचार गर्ने लगायतका कार्यक्रम
अघि सारेको हो ।
कैलालीमा गत वर्षसम्म आठ लाख ४० हजार चार सय जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य निर्धारण गरिएकोमा पाँच लाख ८५ हजार जनाले मात्र
औषधी खाएका थिए ।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा अझैं दुई लाख ५५ हजार चार सय जनाले औषधी खान बाँकी छ । शहरी क्षेत्रमा बसोबास गर्ने र प्राय: शिक्षित परिवारले नै सो
रोग विरुद्धको औषधी खान हेल्चक्राई गरिरहेको स्वास्थ्यकर्मीहरूको अनुभव छ ।
नेपालमा अझै ३६ वटा जिल्लामा हात्तीपाइले रोग उन्मुलन भएको छैन । नेपाललाई सन् २०१८ सम्ममा हात्तीपाइलेको जोखिमबाट एक प्रतिशत भन्दा कममा झार्ने लक्ष्य राखिएको र सन् २०२० सम्म मुलुकबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहेको छ ।
हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत प्रत्येक जिल्लामा ६ वर्षसम्म प्रत्येक वर्ष कम्तीमा ६५ प्रतिशत जनतालाई हात्तीपाइले रोग विरुद्धको औषधी खाने अभियानमा सहभागी गराउनुपर्ने लक्ष्य राखिएको छ । कैलालीमा आर्थिक वर्ष २०६९/७० मा ६३ प्रतिशत, ०७०/७१ मा ६१ प्रतिशत, ७१/७२ मा ६८ प्रतिशत र आर्थिक वर्ष ०७२/७३ मा ६४ प्रतिशत जनसङ्ख्यालाई मात्रै समेट्न सकिएको
जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार साडेपानी, पथरैया, टीकापुर, बेलादेवीपुर र दुुर्गौलीमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवनको प्रतिशत कम छ भने मुुनुुवा, बसौटी र उर्मामा कार्यक्रम बढी सफल भएको थियो ।
कार्यालयका अनुसार जिल्लाको मुनुवा गाविसमा (८९ प्रतिशत) हात्तीपाई रोग विरुद्धको औषधी सेवन गरेको गर्ने प्रतिशत बढी रहेको छ भने सबैभन्दा कम पथरैया गाविसमा (३८) प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रसाद चापागाईंको अध्यक्षतामा भएको थियो । ायलत ज्भचभ‘

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार