१० श्रावण २०८१, बिहीबार

युथ भिजन कार्यक्रमबारे कार्यक्रम



धनगढी  ।  युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठन भएको राष्ट्रिय युवा परिषद्ले युथ भिजन कार्यक्रममार्फत आगामी पाँच वर्षमा कम्तीमा ५० प्रतिशत युवाका लागि स्वदेशमै स्वरोजगार सिर्जना गर्ने दाबी गरेको छ ।
‘युवाका मुद्दा, युवा नीति, युथ भिजन र राष्ट्रिय युवा परिषद् कार्यक्रम’ बारे सोमबार प्रदेश नम्बर ६ र ७ ले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले आर्थिक वर्ष २०७३/०७४ को वार्षिक कार्यक्रम सार्वजनिक गरेका थिए ।
सो अवसरमा उपाध्यक्ष ढुंगेलले १६ देखि ४० वर्ष उमेर समूहका करिब ४० प्रतिशत युवालाई लक्षित गरी नेपाल सरकारले युथ भिजन २०२५, राष्ट्रिय युवा नीति २०७२, राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा परिषद् नियमावली २०७३ लागू गरेको चर्चा गरे ।
उनले राष्ट्रिय युवा नीति २०७२ अनुसार युवा शक्तिलाई राष्ट्रको अमूल्य सम्पत्तिका रूपमा ग्रहण गर्ने मूल नीति लिई राष्ट्रिय युवा नीति २०६८ लाई पुनरावलोकन गरी राष्ट्रिय युवा नीति २०७२ तर्जुमा गरी १४ वटा बुँदामा नीति समेटिएको बताए ।
राष्ट्रिय युवा परिषदले आफ्नो दूरदृष्टि नीति अन्तर्गत आर्थिक, सामाजिक र सांस्कृति जीवनमा अर्थपूर्ण योगदान दिन सक्ने गरी राष्ट्रका युवालाई नेतृत्वदायी भूमिकामा स्थापित गराउन तथा नीति, रणनीति तथा कार्यनीति निर्धारण गर्ने उद्देश्य समेत बोकेको परिषदका कार्यकारी अधिकृत मुक्तिसिंह ठकुरीले बताए ।
राष्ट्रिय युवा नीति २०७२ का उद्देश्य हासिल गर्न २४ वटा नीतिहरू अख्तियार गरिएको सो अवसरमा जानकारी गराइयो । युथ भिजन २०२५ ले १० बर्से रणनीतिक योजना अन्तर्गत नेपाल सरकारको तेह्ै योजनाको आधारपत्रको आधारमा आगामी १० वर्षमा युवाका लागि नेपाल सरकारले लिने नीति र कार्यक्रमको लिखित दस्ताबेज भएको परिषदले जनाएको छ ।
१ वडा १० युवा अभियान अन्तर्गत पााच लाख रुपैयाँ उद्यामशिलता विकासका लागि ७५ वटै जिल्लामा एकै पटक लागू हुने कार्यकारी उपाध्यक्ष ढुंगेलले जानकारी गराउादै भने, यो रकम पर्याप्त होइन तर त्यसले सीप हस्तान्तरणको काम गर्ने छ ।
युवाहरूको सक्षमता विकास र उद्यामशीलताको विस्तारका लागि राष्ट्रिय युवा परिषदले चालु आर्थिक वर्षका लागि ३२ करोड रुपैयाँ प्राप्त गरेको उनले बताए ।
उक्त बजेट मार्फत आर्थिक वर्ष २०७३/०७४ मा राष्ट्रिय युवा परिषदले मुलुकका ७५ वटै जिल्लाहरूमा युवा सीप तथा नेतृत्व विकास कार्यक्रम, ग्रामीण युवा उद्यम कार्यक्रम, युवा लक्षित राष्ट्रिय स्वरोजगार कार्यक्रम, युवा अनुभव आदानप्रदान कार्यक्रम, युवा दिवस तथा महोत्सव, केन्द्रीय युवा सूचना केन्द्र सञ्चालन, युवा परामर्श सेवा, समाजका लागि युवाको एक दिन, जिल्लास्तरीयमा युवा प्रतिभा तथा उद्यमीको खोजी र उनीहरूको कार्यलाई प्रोत्साहन लगायतका कार्यक्रम सञ्चालन गरिने परिषदले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार