२० श्रावण २०८३, बुधबार

लगानी बोर्डमा नियुक्त याङ्कीको अक्सफोर्ड पढेको र यूएनडिपीमा काम गरेको अनुभव



काठमाडौं / सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा याङ्की उक्यावलाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तिम छनोटमा परेका आठ प्रतिस्पर्धीमध्येबाट उक्यावलाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

विकास अर्थशास्त्र र सार्वजनिक नीतिका क्षेत्रमा अनुभव हासिल गरेकी उक्यावले यसअघि संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा काम गरेकी थिइन्। उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति (पब्लिक पोलिसी) विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्।

सीईओ छनोट प्रक्रियामा उक्यावसँगै सुमन सिंह बस्न्यात, जितेन्द्र धिताल, डा। मुकुन्दप्रसाद पौड्याल, डा। सरोज कोइराला, भक्तबहादुर शाही, मनोज पौडेल र मधुप्रसाद भेटुवाल प्रतिस्पर्धामा थिए।

लगानी बोर्ड नेपालको नेतृत्वमा उक्यावको नियुक्तिसँगै मुलुकमा स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन, ठूला परियोजनाको सहजीकरण र लगानीमैत्री वातावरण निर्माणमा बोर्डको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार