२१ बैशाख २०८३, सोमबार

भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश



काठमाडौं / सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई अदालतमा सशरीर उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। भट्टकी पत्नी आयुस्मा नेपालले दायर गरेको ‘बन्दी प्रत्यक्षीकरण’ रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो निर्देशन दिएको हो।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उक्त आदेश जारी गर्दै विपक्षी निकायका नाममा ‘कारण देखाउ’ आदेशसमेत जारी गरेको छ। चैत १९ गते पक्राउ परेका भट्ट हाल प्रहरी नियन्त्रणमा छन्। सर्वोच्चको यो आदेशसँगै भट्टको मुद्दा न्यायिक प्रक्रियाको नयाँ मोडमा प्रवेश गरेको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार