एमालको मतदान सकियो, आजै केही घण्टामै परिणाम आउने

काठमाडौ/ नेकपा (एमाले)को ११ औ महाधिवेशनको मतदान सकिएको छ । बुधबार विहान करिब ९ बजे शुरु भएको मतदान बिहीबार बिहान ५ : ४६ बजे सकिएको छ ।
८० वटा मेसिनबाट मतदान भएको थियो । महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । तर शतप्रतिशत मत नखसेको निर्वाचन आयोगका एक प्रतिनिधिले बताए । स्रोतका अनुसार करिब ३६ मत खसेको छैन ।
आज विहीबार बिहान ११ बजेभित्र मतगणना सकेर प्रमाणपत्र दिने तयारी निर्माचन आयोगले गरेको छ ।





