प्रधानमन्त्री कार्की र जेनजी आन्दोलनका पीडितसमेत तीन समूहसँग छलफल

काठमाडौं, मंसिर ५ गते/ प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनका प्रतिनिधि, सहिद परिवार तथा घाइते—यी तीन समूहसँग सिंहदरबारमा विशेष छलफल गरिन ।
छलफलमा सहभागी सबै समूहले सरकार–आन्दोलनकारीबीचको सम्झौतामा छिटो हस्ताक्षर गर्नुपर्ने, दमनकारीमाथि कारबाही ढिलाइ नगर्नुपर्ने,
हाल फेरि प्रतिक्रान्तिका शक्ति सक्रिय भएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने जस्ता विषयहरू जोडदार रूपमा अघि सारे।
प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको बताउँदै राष्ट्रपतिसँग परामर्श गरी छिट्टै निष्कर्षमा पुगिने आश्वासन दिइन।
उनले सहिद परिवार र घाइतेहरूको मागप्रति सरकार संवेदनशील रहेको र संवैधानिक तथा कानुनी सीमाभित्र रहँदै मागहरू पूरा हुनेछ भन्दै ढुक्क रहन आग्रह गरे ।
प्रधानमन्त्रीले आन्दोलनमा संलग्न पक्षलाई आगामी निर्वाचनमा सहभागी भई जनादेशबाट शान्तिपूर्ण परिवर्तनको नेतृत्व लिन प्रेरित गरे।





