२४ फाल्गुन २०८२, आईतवार

कुलमानलाई मन्त्रीबाट बर्खास्त गर्न जेन-जीको माग



काठमाडौ, कात्तिक २५ गते / जेन–जी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न माग गरेको छ।
मुभमेन्टले भारतको कम्पनी पीटीसी इण्डियासँग गरिएको विद्युत खरिद–बिक्री सम्झौतामा नेपाललाई ४३ करोड रुपैयाँ बराबरको नोक्सानी हुने जोखिम देखिएको भन्दै प्रधानमन्त्री शुशिला कार्कीसमक्ष घिसिङलाई बर्खास्त गर्न माग गरेको हो ।

मुभमेन्टले प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई पनि निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्न र विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।


घिसिङमाथी अख्तियार दुरुपयोग अनुसन्धानमा रहेका थुप्रै उजुरीहरु तामेलीमा रहेका छन । जेनजी अभियान्ताहरुले उनीमाथी भ्रष्टाचारको अभियोगमा छानबिन अगाडि बढाएर सरकारले शुशासनको पक्षपातिका रुपमा उभ्याउनुपर्नेमा पनि जोड दिदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार