१९ मंसिर २०८२, शुक्रबार

लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, क्याप्टेन सकुशल



काठमाडौ, कात्तिक १२ गते/ सोलुखुम्बुको लोबुचे क्षेत्रमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, ९ एन–एएमएस (9N-AMS) दर्ता नम्बरको हेलिकोप्टरले आज बिहान करिब पौने ८ बजे लुक्लाबाट उडान भरेको थियो। सो हेलिकोप्टरले पर्यटक उद्धारका लागि लोबुचे हेलिप्याड पुगेको र फर्कने क्रममा दुर्घटनामा परेको जनाइएको छ।

दुर्घटनाग्रस्त हेलिकोप्टरमा क्याप्टेन विवेक खड्का मात्रै सवार रहेका थिए। दुर्घटनापछि उनलाई सुरक्षित रूपमा उद्धार गरी लुक्ला ल्याइएको प्रवक्ता भुलले जानकारी दिए। उनका अनुसार, क्याप्टेन खड्कालाई आवश्यक स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

पर्यटन व्यवसायी काजी विष्टका अनुसार, हेलिकोप्टर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुमान अनुसार दुर्घटना खराब मौसमका कारण भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार