१९ मंसिर २०८२, शुक्रबार

थप दुई मन्त्रीको सपथ, दुईको रोकियो




काठमाडौ, कात्तिक ९ गते
/ नवनियुक्त दुई मन्त्रीहरूले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा डा. सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शपथ लिएका हुन ।


राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शितलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन ।


यसअघि आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीको मात्रै शपथ भएको हो ।

डा. गौतम स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुन् भने गुप्ता जेन–जी आन्दोलनका अगुवा हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई राष्ट्रपति पौडेलले आज नियुक्त गरेका हुन् ।


खगेन्द्र सुनारका नाममा विभिन्न विवाद आएपछि सपथ रोकिएको छ भने गणपति श्रेष्ठले मन्त्री हुन नमानेको भन्ने चर्चा चलेको छ ।

गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषदको सङ्ख्या आइतबारको विस्तारसँगै १० पुगेको छ । यसअघि गत भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार