राष्ट्रपति र प्रधानमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूसँगको निर्वाचन सुरक्षा बैठक

काठमाडौ, कात्तिक १ गते/ राष्ट्रपति रामचन्द्र पौडेल पहल र प्रधानमन्त्री शुशिला कार्कीको समन्वयमा भएको बैठकमा सबै चारवटै सुरक्षा निकायका प्रमुखसंग बैठक भएको छ ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीहरुको उपस्थिति थियो ।
बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित थियो।
सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराए। अहिलेभन्दा कठिन अवस्थामा पनि विगतमा चुनाव गराउन सफल भएको दृष्टान्तहरू पनि सो अवसरमा प्रस्तुत गरिएको थियो ।
सो बैठक भएको बारे प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले बताए ।




