१७ श्रावण २०८३, आइतबार

महेश बस्नेतसंग साइबर ब्युरोमा बयान लिइयो



काठमाडौं, असोज २२
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेपाल प्रहरीको साइबर ब्युरोमा बयान दिएका छन्। उनी बुधबार विहानै ब्युरोमा पुगेका थिए, जहाँ प्रहरी टोलीले उनीसँग बयान लिएको हो।

एक महिलाले दिएको जाहेरीका आधारमा बस्नेतमाथि अनुसन्धान सुरु गरिएको हो। उक्त जाहेरीपछि सरकारी वकिलको कार्यालयले प्रहरीलाई छानबिनको निर्देशन दिएको थियो।

उनीविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार