१२ आश्विन २०८१, शनिबार

वल्डलिंकको “कार्निभल” योजनालाई सार्वजनिक



धनगढी/ वल्डलिंकप्रति ग्राहकलाई आकर्षित गर्न तथा दसैँ–तिहार लक्षित “कार्निभल” योजनालाई सार्वजनिक गरिएको छ ।

नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले दसैँ र तिहारलाई लक्षित गरेर विशेष “कार्निभल” योजना सार्वजनिक गरिेका हुन् । सार्वजनिक भएका योजना नयाँ र पुराना दुवै प्रयोगकर्तालाई आकर्षित गर्ने उद्देश्य राखिएको छ । योजना अन्तर्गत मुख्य आकर्षणको रूपमा विद्युतीय कार जित्ने ग्राहकहरुको हितलाई ध्यानमा राखेर अवसर ल्याइएको हो ।

वल्डलिंकले कार जित्ने योजना अन्तर्गत ‘नामी’ ब्रान्डको विद्युतीय कार बम्पर उपहार स्वरूप जित्न सकिने घोषणा गरेको छ । नयाँ इन्टरनेट कनेक्सन लिने र पुराना प्रयोगकर्ताले आफ्नो सेवा नवीकरण गर्ने प्रयोगकर्ताहरू यस योजनामा सहभागी हुन सक्नेछन् । कम्पनीले खल्ती डिजिटल वालेट मार्फत भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई मात्र यस अफरमा सहभागी गराउने जनाए ।

वल्डलिंक कम्पनीले सामसङ र बोट ब्रान्डका विभिन्न उत्पादनहरूमा ३९ प्रतिशतसम्म छुटको अफर ल्याएको छ । यस्ता छुटले प्रयोगकर्ताहरूलाई चाडपर्वको समयमा नयाँ प्रविधि र मनोरञ्जनका उत्पादनहरूमा आकर्षित गराउने र उनीहरूलाई थप प्रोत्साहित गर्ने अपेक्षा कम्पनीले लक्ष्य राखेको छ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार