७ आश्विन २०८१, सोमबार

अगाडिको ढोका बन्द गरेर पछाडिबाट बजेट ल्याइयो




बजेटका पाना हेर्दा संघीयतामाथि प्रश्न उठाउने बजेट आएको छ । हामी कुन संघीयतामा छौ ? समावेशीकरण कहाँनेर छ ? हाम्रो अभिभावक प्रदेश सरकार छ भन्ने अनुभूति कहाँनेर भयो ? बजेटमा कुनाकाप्चाका मान्छेलाई अनुभूति भयो कि भएन ? हाम्रो बजेटमा योजना आए ? तर युवालाई सम्वोधन गर्ने के कार्यक्रम आयो ? विदेश जान रोक्न के कुरा बजेटमा आयो । जनतालाई खुसी बनाउन के गरियो ?

प्रतिपक्षले मात्र होइन सत्तापक्षले पनि बजेटको विरोध गरे । सँधैभरि बजेटको विराधैविरोध गर्ने हाम्रो चाहना होइन । संघीयता खारेज गरौ, प्रदेश खारेज भन्ने भावना किन बढ्दै छ । आज हामीलाई प्रश्न गर्न दिइदैन । सुदूरपश्चिमलाई अध्यारोमा धकेल्न खोज्दैछौ । मुख्यमन्त्रीले चार बुँदे र २४ बुँदेमार्फत केही गर्नुहुन्छ कि भन्ने थियो । लागेको थियो अब केही हुन्छ सुदूरपश्चिमा भन्ने आश लागेको थियो । चार र २४ बुँदेले अगाडिको ढोका बन्द गरियो तर पछाडिको ढोका खुला राखियो । जनतालाई भन्दा चै पछाडिको ढोका बन्द छ भनियो तर पछाडिको ढोका पूरै बन्द गर्नु पर्ने थ्यो तर अगाडिको पूरै बन्द गरियो ।

तपाईलाई रजाइँ गर्ने अधिकार जनताले दिएका छैनन् । दुर्गमका कुनाकुना पहाडी भेगमा कहाँ बजेट पुग्यो ? मुख्यमन्त्री हिजो पनि मुख्यमन्त्री पनि हुनुहुन्थ्यो त्यो अनुभवले केही सिक्नुभयो राम्रो हुन्छ होला भन्ने थियो । बजेट निक्कै बिडम्बनापूर्ण छ । हामीसंग बजेट मागियो तर त्यो देखाउनलाई मागियो । छाती खोलेर यो बजेट राम्रो ल्यायौ भन्न सक्नुहुन्छ ?

वडा कार्यालयको जस्तो योजना ल्याइएको छ यिनको कसरी कार्यान्वयन गर्नुपर्छ । दीर्घकालिन योजना नै छैन, त्यस्तो सोच नै कसैसंग छैन, आज मात्रै रमायौ भन्ने सोच छ । हामीले बनायो नीति, नियम हो त्यसैले बजेट करेक्सन गर्न सकिन्छ । केही गर्ने सोच भए बजेट करेक्सन गर्न सकिन्छ यो बजेट रामायणको किताव होइन ।

प्रदेश सभा सदस्यलाई बजेटमा कहाँनेर छलफलमा राखियो । कि प्रदेश सभा सदस्यको काम योजना माग्ने बनाउने होइन भनौ नत्र उपयुक्त सुझाव मानेर बजेट ल्याउनुपर्छ । हाम्रो अधिकार कहाँनेरसम्म हो निर्धारण हुनुपर्छ । हामी प्रदेश सभा सदस्यलाई जनताबाट कटाउने, माननीयबाट योजना ल्याउनु हामी त्यो योजना हाल्छौ भन्ने तर सरकारले हाम्रा योजनाको सुनुवाई नहुने । हामीलाई कहिलेसम्म यसरी मजाको पात्र बनाउने ? यस्तो छुट छैन ।

(प्रदेश सभा सदस्य कुँवरले आइतबार बजेटमाथिको छलफलमा दिएको मन्तव्यको संम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार